धादिङबेसी बैशाख १ । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता धादिङबेसी स्थित एकेडेमीमा जारी रहेको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराको साथ सुरुभएको जिल्ला स्तरीय विभिन्न विधाका खेल मध्य उद्घाटन खेल छात्र तर्फ एड्भान्स एकेडेमी धादिङबेसी र बागेश्वरी उमावि गल्छी बीच भएको थियो ।
दुई पोल बनाएर खेलाईएको यस खेलमा पोल ‘A’बाट खेलेका यी दुबै टिम क्षेत्रबाट प्रथम हुँदै जिल्ला स्तरिय प्रतियोगितामा सहभागि भएका हुन् । लिग चरणको उक्त प्रतियोगितामा सिधा २ सेट जित्दै वागेश्वरी विरुद्ध एड्भान्स एकेडेमीले जित हात पारेको छ ।
यस्तै पोल ‘B’बाट खेलाइएको दोस्रो खेलमा क्षेत्रगत रुपमा द्धितिय स्थान भएका नीलकण्ठ उच्च मावि धादिङबेसी र पञ्चुमुखी मावि सिद्धलेक बीच भएको थियो यस खेलमा सिधासेटमा पञ्चुमुखी मावि सिद्धलेकलाई पछि पार्दै नीलकण्ठ उच्च माविले जित हासिल गरेको थियो ।
यस्तै छात्रा तर्फको खेलमा पञ्चकन्या मावि खल्टेले नीलकण्ठ उच्च माविलाई र वागेश्वरी उच्चमावि गल्छीले पञ्चुमुखी मावि सिद्धलेकलाई हराएको थियो ।