धादिङबेसी बैशाख १ । धादिङबेसीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन गर्दै नेकपा एमालेको नेता तथा धादिङ क्षेत्र नं. १ को प्रदेश (क) का सदस्य राजेन्द्रप्रसाद पाण्डेले खेललाई माध्यामिक विद्यालयहरुले बुझ्न नसकेको बताएका छन् ।
राष्ट्रपति रनिङ शिल्ड जस्ता प्रतियोगितामा अनिवार्य रुपमा माध्यामिक विद्यालयहरु सहभागि हुनुपथ्र्यो क्षेत्रका खेलहरुमा लज्जास्पद सहभागिता देखिनुले माध्यामिक विद्यालयहरुले खेललाई भुल्दै गएको आभास भएको बताए ।
राज्यले खेलमा सहभागिता जनाए बापत गर्ने सहयोग त नलिने विद्यालयले खेदकुदलाई कसरी बुझ्ने ? प्रश्न गर्दै नेता पाण्डेले राष्ट्रपति रनिङ शिल्ड जस्ता प्रतियोगितामा अनिवार्य रुपमा माध्यामिक विद्यालयहरु सहभागि हुनुपर्ने बताए ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराको साथ जिल्ला खेलकुद विकास समितिको संयोजनमा एड्भान्स एकेडेमीले आयोजना गरेको उक्त प्रतियोगिता आजबाट सुरु भएको हो ।
धादिङमा सरकारी र गैर सरकारी गरि १३४ बटा माध्यामिक विद्यालयहरु रहेकोमा जम्मा १० विद्यालयले मात्र क्षेत्र हुँदै जिल्ला स्तरिय प्रतियोगितामा प्रतिस्पर्धा गरेका गरिरहेका छन् ।
उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्याब्सन धादिङका अध्यक्ष तथा एड्भान्स एकेडेमीका प्रिन्सिपल गोविन्द बुढाथोकीले सहभागि विद्यालयलाई धन्यावाद दिर्दै एड्भान्स एकेडेमीले व्यवहारिक शिक्षालाई जोड दिइरहेको बताएका थिए ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विकास कार्कीको सभापतित्वमा भएको उद्घाटन समारोहमा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई निमिक्त प्रमुख कृष्णकुमार श्रेष्ठ, एड्भान्स एकेडेमी संचालक समितिका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ (गोर्खाली), जिल्ला खेलकुद विकास समिति धादिङका कार्यलय प्रमुख कृष्णलाल श्रेष्ठ, जिल्ला रेडक्रस सोसाइटी धादिङका पुर्व सभापति केशरीप्रसाद पन्त लगायतको आतिथ्यता रहेको थियो ।