जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट

Avatar photo
Dhadingpost
शनिबार, बैशाख १, २०७५

धादिङबेसी बैशाख १ । धादिङबेसीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु हुने भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराको साथ जिल्ला खेलकुद विकास समितिको संयोजनमा एड्भान्स एकेडेमीले आयोजना गरेको उक्त प्रतियोगिता आजबाट सुरु हुन लागेको हो ।

माध्यामिक विद्यालय स्तरीय यस राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा क्षेत्रबाट छनौट भएर आएका खेलाडी विद्यार्थीहरुले भाग लिनेछन्, मौसमको च्याजेन्ज बाहेक सबै तयारी सकिएको एड्भान्स एकेडेमीका प्रिन्सिपल गोविन्द बुढाथोकीले धादिङपोष्टलाई बताए ।

प्रिन्सिपल बुढाथोकीका अनुसार हरेक विधाबाट स्थान सम्म आएका खेलाडी विद्यार्थीहरु क्षेत्रबाट छनौट भएका छन्, उनीहरुले यस जिल्ला स्तरीय प्रतियोगितामा भाग लिने हुँदा खेल रोमाञ्चक हुने छ ।

धादिङ प्रतिनिधि सभा क्षेत्र नं. १ बाट ६ वटा विद्यालय र क्षेत्र नं. २ बाट ६ विद्यालयका विद्यार्थीहरु विभिन्न विधाबाट छानौट भई जिल्ला स्तरीय प्रतियोगितमा सहभागि जनाउने छन् ।