मोवाईल मानिसका लागि अत्यावश्यक वस्तुको रुपमा स्थापित भईसकेको छ । आजभोली ठूलादेखि साना बच्चासम्मले स्मार्टफोन प्रयोग गर्छन् । यद्यापि, मोबाईल सुरक्षामा ध्यान नदिँदा चाडै विग्रने, स्क्रिन फुटने, व्याट्री ड्यामेज हुनेलगाएत थूप्रै समस्या आइपर्छन् । त्यसैले मोवाईल सुरक्षाका लागि यस्ता विषयमा ध्यान दिनुपर्छ ।
इनटरनेट चलाउने लोभमा कतिपयले रेस्टरुममा पनि मोबाइल चलाउने गर्छन् । यस्तो गर्दा पानि परेर बिग्रने समस्या हुन सक्छ ।
महँगो मुल्यमा खरिद गरेपनि सुरक्षाका लागि कभर भने निकै सुलभ मुल्यमा पाइन्छ । तर पनि धेरैले मोबाइलमा कभर राख्दैनन् । मोबाइल सेटअनुसार मिल्दो, स्ुहाउँदो र बलियो कबर प्रयोग गर्नाले कतै खसिहाले पनि मोबाइल फुट्नबाट धेरै हदसम्म जोगाउँन सकिन्छ ।
मोबाइलको स्क्रिनमा स्टिकर हाल्नुको सट्टा टेम्पर्ड ग्लास राख्नु पदर्छ । मोबाइल झुक्किएर खसिहाले पनि स्किन फुट्नबाट जोगाउँछ ।
पानि र चिसोको कारण पनि मोबाइल बिग्रने गर्छ । त्यसैले पसिना, पानि या अन्य तरल पदार्थले भिजेको हातले मोबाइल समाउने बानि गर्नुहुदैन । मोबाइललाई बढी तातोबाट पनि जोगाउँनुपर्छ ।
मोबाइल सफा गर्दा कहिले पनि स्प्रे र पानिको प्रयोग गनर््हुँदैन । सफा कटनको कपडामा थोरै अल्कोहल राखेर सफा गर्दा राम्रो हुन्छ । तर, यसरी मोबाइलको बाहिरी भागमात्र सफा गर्न सकिन्छ ।
मोबाइलको व्याट्रि चार्जगर्दा पनि ध्यान पु¥याउनुपर्छ । कतिपयको रातभर चार्ज गर्ने बानि हुन्छ । यसो गर्दा ब्याट्रि, फुल्ने, फुट्ने डर हुन्छ ।