आदरणीय अभिभापक ज्यू,
नमस्कार ।
सर्वप्रथमः सम्पूर्ण अभिभाकज्यूहरुमा नयाँ वर्ष २०७५ सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । गुणस्तरीय तथा व्यवहारिक शिक्षा प्रदान गर्न प्रतिबद्ध यस धादिङ आवसीय माध्यामिक विद्यालय आफ्नो छुट्टै पहिचान र गौरपूर्ण इतिहास निमार्ण गर्न सफल एक नमुना विद्यालय हो ।
भूकम्प प्रतिरोधात्मक सुरक्षित कक्षा कोठा, दक्ष तथा अनुभवि शिक्षक–शिक्षिकाद्वारा विद्यार्थी केन्द्रीत शिक्षण विधि, प्रयोगशाला, पुस्ताकालय साथै श्रव्य–दृश्य हल, शैक्षिक भ्रमण, व्यवहार उपयोगी सिप विकास, अतिरिक्त कक्षा शिक्षण, आवधिक मुल्याङ्कन तथा परिक्षा साथै राष्ट्रिय स्तरको परिक्षामा अजय सफलता यस विद्यालयका आफ्नै छुट्टै विशेषताहरु हुन् ।
यसलाई विस्तृत गरिरहन यहाँ म उपयुक्त ठान्दिन किनभने यो कुरा सर्वविदितै छ ।
अभिभावक ज्यूहरुको अमुल्य साथ, सहयोग र सुझाव, शिक्षक तथा विद्यार्थी वर्गको मिहेनतका कारणले नै विद्याले सफलताको सिँढी चढिरहेको छ । यसको लागि म सबैलाई धन्यवाद दिन चाहन्छु । शैक्षिक सत्र २०७४ पनि सकिनै लागेको छ । कक्षा नर्सरी देखि कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीहरुको वार्षिक परीक्षाफल यहि २०७४ चैत्र ३० गते शुक्रबार विहान ११ बजे विद्यालयको प्राङ्गणमा हुने भएकोले आफ्ना नानीबाबुहरुको नतिजा बोध तथा ग्रहण गरिदिनुहुन अनुरोध गर्दछु ।
यसका साथसाथै आगामी शैक्षिक सत्र २०७५ मा आफन्त तथा छरछिमेकहिरुलाई खबर गरिदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु ।
भर्ना कार्यक्रम:
१. भर्ना फारम वितरणः चैत्र १५ गते बिहिबारदेखि
समयः बिहान १० बजेदेखि ४ बजेसम्म
२. भर्ना कार्यक्रमः २०७५ वैशाख २ गते देखि
३. कक्षा सञ्चालन: २०७५ वैशाख ५ गते बुधबारदेखि
नोट: सीमित सिटमा कक्षा नर्सरीदेखि कक्षा ९ सम्म नयाँ विद्यार्थी भर्ना गरिने भएकाले यथाशीघ्र सम्र्पक गरिदिनुहुन पनि अनुरोध गरिन्छ ।
प्रिन्सिपल
धादिङ बोर्डिङ माध्यामिक विद्यालय नीलकण्ठ
फोन नं.०१०-५२०२०३