धादिङ कै सर्वाधिक पुरस्कारको फुटबल सेमजोङमा सुरु

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र २३, २०७४

धादिङ चैत्र २३ । धादिङ जिल्लाको सर्वाधिक पुरस्कार राशी भएको वाका फुटबल प्रतियोगिता नेत्रावती डब्जोङ गाउँपालिका अन्तरगत सेमजोङको गैरामा सुरुभएको छ ।

धादिङ र नुवाकोटबाट २४ टिमले भाग लिएको १ लाख १ हजार पुरस्कार रहेको प्रतियोगिता शुक्रबारबाट सुरुभएको हो ।

धादिङको ऐतिहासिक महत्व बोकेको ठाउँहरु मध्य पर्ने सेमजोङ गैरामा भएको यस प्रतियोगिताको उद्घाटन खेलबाहेक अन्य खेलहरु भने मौसमका कारण हुन नसकेको आयोजक संस्था न्यू वाका राहा युवा क्लव धादिङका बेगबहादुर तामाङले धादिङपोष्टलाई बताए ।

कम्तिमा पनि २ वटा खेल उद्घाटनको दिन खेलाउने टाइसिट बनाएका थियौ, तर पानी परेकोले १ खेल भन्दा खेलाउन सकेनौ तामाङले बताए । समापन कार्यक्रमलाई भव्य बनाउने तयारी गरेको न्यू वाका राहा युवा क्लवले उद्घाटन भने सामान्य तरिकाले गरेको थियो ।

खेल अनुसासित र मर्यादित बनाउन एन्फाका रेफ्रिहरु लागेका छन् भने प्रतियोगितालाई आर्थिक अभाव नहोस भनेर देश विदेशमा विभिन्न पेशा व्यवासयमा रहेका धादिङबासीहरुले सहयोगको घोषणा गरि रहेका छन् ।

नयाँ वर्ष २०७५ सालको पावन अवसरमा हुन लागेको यस नवौं वाका कप फुटबल प्रतियोगितामा बैशाख १ गते एक भव्य कार्यक्रमका बीच समापन हुनेछ ।

प्रतियोगितामा प्रथम पुरस्कार नगद रु.१ एक लाख १ हजार ट्रफि, मेडल र प्रमाण –पत्र, द्वितीय पुरस्कार नगद रु.५० हजार ५०० ट्रफि, मेडल र प्रमाण –पत्र, र सेमिफाइनल प्रवेस गर्ने टिमलाई नगद रु.१० हजारका दरले पुरस्कृत गरिने आयोजक संस्थाका दिपक तामाङले बताए ।

सहयोगिहरु: प्रतियोगितालाई सफल बनाउन नेत्रावती डब्जोङ गाउपालिका वडा नं ३ (हाल भारतिय सेनामा कार्यरत) वाका कपको संस्थापक सह–सचिब बिष्णु तितुङ्ले नगद रु ५५५५ र सेमजोङ गैरा निवासी युएसई रहेका जोमसाङ वाइबाले ५२५०, दुबईमा कर्यरत उमेश वाइबाले रु ५००० रुपियाँ सहयोग गरेका छन् ।

यस्तै Saudi Arabia बाट सुकराम योन्जनले रु.३,४३४, जपान निवासी रमेश वाइबाले नगद रु.९२००, Iraq बाट धान बहादुर तामाङ (छोरामान ब्लेन्देन) ले नगद ५०००, दुबईमा कर्यरत दुर्गा वाइबाले रु.६६६६ दुबईबाट भर्खर घर आएका पदम बहादुर तामाङले रु. १००१० र रुपियाँ सहयोग गरेका छन् सहयोगी हातहरु बढ्दै गएको अध्यक्ष तामाङले बताए । नबौ वाका कपको लागी खेलकुद सामाग्रीहरु इटलीमा रहेका महिन्दो वाइबा लगायत रहेको आयोजकले जनाएको छ ।