धादिङ चैत्र १७ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका अन्तरगत सेमजोङ गैरामा हुने वाका कप फुटबल प्रतियोगिता नजिकर्दै गर्दा सहयोगीदाताहरु बढेर गएका छन् ।
धादिङ जिल्ला कै सबै भन्दा बढी पुरस्कार राशीको वाका कप प्रतियोगिता विगत ८ वर्ष देखि हरेक साल हुँदै आएको छ ।
प्रतियोगितालाई देश-विदेश छरिएर रहेका धादिङबासीहरुले सहयोग गर्दै आए छन् , आयोजक संस्थाका अध्यक्ष दिपक तामाङले धादिङपोष्टलाई बताए ।
पछिल्लो समय प्रतियोगितालाई सफल बनाउन नेत्रावती डब्जोङ गाउपालिका वडा नं ३ (हाल भारतिय सेनामा कार्यरत) वाका कपको संस्थापक सह–सचिब बिष्णु तितुङ्ले नगद रु ५५५५ र सेमजोङ गैरा निवासी युएसई रहेका जोमसाङ वाइबाले ५२५०, दुबईमा कर्यरत उमेश वाइबाले रु ५००० रुपियाँ सहयोग गरेका छन् ।
यस्तै Saudi Arabia बाट सुकराम योन्जनले रु.३,४३४, जपान निवासी रमेश वाइबाले नगद रु.९२००, Iraq बाट धान बहादुर तामाङ (छोरामान ब्लेन्देन) ले नगद ५०००, दुबईमा कर्यरत दुर्गा वाइबाले रु.६६६६ दुबईबाट भर्खर घर आएका पदम बहादुर तामाङले रु. १००१० र रुपियाँ सहयोग गरेका छन् सहयोगी हातहरु बढ्दै गएको अध्यक्ष तामाङले बताए । नबौ वाका कपको लागी खेलकुद सामाग्रीहरु इटलीमा रहेका महिन्दो वाइबा गर्ने आयोजकले जनाएको छ ।
यस्तो छ खेलको तयारी
प्रथम पुरस्कार १ लाख १ हजार हुने यस वाका फुटबल प्रतियोगिताको लागि चैत्र १० गते देखि १८ गते सम्म टिम दर्ताको समय निर्धारण गरिएको छ ।
बैशाख १ गते नव बर्षको दिन समापन हुने गरि चैत्र२३ गतेबाट खेल सन्चलन हुने छ । न्यू वाका राहा युवा क्लव धादिङको आयोजना हुने यस खुल्ला फुटबल प्रतियोगितामा
प्रथम पुरस्कार नगद रु।१ एक लाख १ हजार ट्रफि, मेडल र प्रमाण –पत्र, द्वितीय पुरस्कार नगद रु.५० हजार ५०० ट्रफि, मेडल र प्रमाण –पत्र, र सेमिफाइनल प्रवेस गर्ने टिमलाई नगद रु.१० हजारका दरले पुरस्कृत गरिने छ ।