धादिङबेसीमा रक्तदान सम्पन्न

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र ९, २०७४

धादिङबसी चैत्र ९ । धादिङबेसी स्थित श्रोत परिचालन बचत तथा ऋण सहकारी सस्थां लिमिटेडले रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाईटी धादिङको प्राविधिक सहयोगमा श्रोतले गरेको रक्तदानमा ८१ भन्दा बढीले रक्तदान गरेका छन् ।

धादिङमा गत फागुन ३ गते गणेश हिमाल क्याम्पसमा, फागुन २४ गते स्वास्थ्य युनिटी नेपाल, फागुन २६ गते धादिङ महोत्सवमा आयोजक, फागुन ३० गते निलकण्ठ बहुमुखी क्याम्पस र शुक्रबार श्रोत परिचालन बचत तथा ऋण सहकारी सस्थां लिमिटेडको आयोजनामा भएको रक्तदान कार्यक्रममा ८१ जनाले रक्तदान गरेको रेडक्रस कर्मी नारायण कुमार श्रेष्ठले बताए ।