सांगितिक गुन्जाको सुरम्यता
प्राकृतिक दृश्यको पृथकता
मृगनयनी चक्षुको मुलामयता–स्वर्ग !
मेरी आमाले खोज्नुभएको,
अदालापित र रङगीय,
पितृले रोजेको,
धर्मले दिएको,
सायद यस्तै भएर होला,
१. धार्मिक गुरुले जीवभर धर्म गरेका,
मेरा हजुरबुवाले चौबिसै घटा मन्त्र पढेका,
फेरी ! किन बैचनी ?किन कुण्ठा ?
वात्सल्यवक्ष सुकेका ।
हँ, ममता र स्नेही भाव लुकेका ?
उफ !
तिमी काडा सोच्दै छौ कि फुल –जीन्दगीको !
न त मान्छे न त बस्तु –वास्तै छैन !
न त भोक न त शोक –पिरै छैन !
न त दुःख न त मोह –खै सम्वेदना !!!
अहा ! स्वर्ग !
२. कतै जल कुण्ड, कतै पुष्पपुञ्ज,
कोकिलकण्ठी वाणीका अनगुन्जन,
संगीका संगीनी, अरण्यका कुञ्जिनी,
हेर, हेर ! उत्तर चम्केको – हिराका चमकले !
पुर्ण हेर उस्तै ! अग्नि बलेको ! मान्छे नाचेका रङगमञ्चमा,
वायु वहेका लतापुञ्जमा,
पुष्पवायुका मधुराग –कुन्जमा,
स्वर्गको स्वर्गीय अनुपम स्वाद !
क्या मज्जा, क्या आनन्द, कति छ, राग !!
साच्चै संसारले खोजेको स्वर्ग,
मानवले चाहेको स्वर्ग,
३. पुण्य पछिको स्वर्ग,
कर्म प्राप्तिको स्वर्ग
मेरी आमाको स्वर्ग,यही रहेछ,
संसार विलाएको दिन,
धर्ती रोएको दिन,
४. संगीतको एकोहोरो रटाई,
एउटा सजीव आत्माको विधाई,
विचारको मूल सुकेको,
आस्थाको सागरमाथा झुकेको–म सम्झन्छु ।
ममता रहेछिन् आस्था –जगतको !
आमाले पछ्याएको स्वर्ग अझै अर्को रहेछ ।
सायद एक्लै जानुपर्ने हो कि –स्वर्ग !
आमाले स्वर्ग पछ्याएकी वा स्वर्गले आमा !
एउटीको अभावमा स्वर्ग भाग्यो ।
म पछ्याइ रहन बाध्य छु –जानेर वा नजानेर !
प्यारी आमाकी स्वर्ग,
रमाइलो र विचित्रको स्वर्ग !!!
विष्णुप्रसाद सेढाई ‘निश्चल’
नीलकण्ठ –१०, ज्यामरुङ
धादिङ