धादिङ चरौंदी चैत्र ३ । धादिङ उद्योग वाणिज्य संघको २४ औँ वार्षिक साधारण सभा बेनीघाट रोराङ गाउँपालिका अन्तरगत चरौदीमा सम्पन्न भएको छ ।
वार्षिक साधारण सभाको उद्घाटन प्रदेश नं. ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शसालिकराम जम्मकट्टेलले गरेका थिए ।
प्रमुख जिल्ला अधिकारीको सकृयतामा र त्रिशुली बचाउ अभियानको दवामा केहि दिन देखि त्रिशुलीमा सङ्लो पानी बग्न थाले पछि धादिङ उद्योग वाणिज्य संघको साधारण सभामा जस आफुलिन खोज्दै मन्त्री जमकट्टेलले भने, प्राकृतिक सम्पदाको दोहन गर्ने र राज्यको नियम कानुन अटेर गर्ने व्यवसायीलाई तत्कालै आवश्यक कारबाही गरिने छ ।
कार्यक्रममा बोल्दै माओवादी केन्द्र धादिङका उपाध्यक्ष राम बहादुर भण्डारीले उद्योग वाणिज्य संघमा व्यवसायी बीचको सदभाव खलबल्याउने काम केहि दलका नेताहरु नै लागेको देखिन्छ दलविशेष हैन व्यवसायीको संस्थाको रुपमा लान सकिए आर्थिक समृद्धिकालागी वाणिज्य संघ को महत्वपूर्ण भमिका हुने बताएका थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ ३ नं. प्रदेश अध्यक्ष दिनेश श्रेष्ठ, जिल्ला स्थित राजनीतिक दलका प्रतिनीधिहरु, वेनीघाट रोराङ गाउँ पालिकाका उपाध्यक्ष देवी प्रसाद सिलवाल, विभिन्न वडाका अध्यक्षहरु, धादिङ उद्योग वाणिज्य सघंका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, धादिङका विभिन्न व्यवसायीहरु, सञ्चारकर्मी लगायतको आतिथ्यता रहेको थियो ।