फुलखर्कमा १०९ वर्षिय पहलमान सिंह सम्मानित

Avatar photo
Dhadingpost
शनिबार, चैत्र ३, २०७४

धादिङ फुलखर्क, चैत्र ३ । धादिङको गंगाजमुना गाउँपालिका अन्तरगत फुलखर्कका जेष्ठ नागरिक १०९ वर्षिय पहलमानसिँह रोकाय र वर्ष ९९ का तिर्खे गुरुङलाई सम्मान गरिएको छ ।

नेपाल राष्ट्रिय भुतपुर्व सैनिक संघ गाउँ इकाई समिति फुलखर्कको चौथो वार्षिकोत्सबको अवसरमा मुन्टारीमा शुक्रबार उनीहरुलाई सम्मान गरिएको हो ।

संस्थाको सभापति राजकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल भुतपुर्व सैनिक संघका क्षेत्रीय सभापति श्याम पाठकको प्रमुख आतिथ्यता रहेको थियो भने गंगाजमुना गाउपालिका वडा नं ५ का वडा अध्यक्ष रामचन्द्र अधिकारीको विशेष आतिथ्यता रहेको थियोे ।

कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिको आतिथ्यता रहेको थियोे । कार्यक्रममा संस्थाको कोषाध्यक्ष ओम बहादुर अधिकारीले आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मण्डली मा वि गंगाजमुना ५ फुलखर्कबाट एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने प्राविधिक र साधारण तर्फ गरि दुई जना विद्यार्थीहरू कल्पना गुरुङ र समीक्षा कार्कीलाई नगत रु १०१०।– सहित सम्मान गरिएको थियो ।