राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता एड्भान्समा हुने

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र १, २०७४

धादिङ चैत्र १ । जिल्ला खुलकुद विकास समिति धादिङले संयोजन गरेको सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता एड्भान्स एकेडेमीको खेल मैदनामा हुने भएको छ ।

खेलकूदको माध्यमबाट अन्तराष्ट्रिय स्तरमा राष्ट्रको प्रतिष्ठा अभिवृद्धिका साथै शान्ति, सुमुन्नती, अन्तराष्ट्रिय एकता र संस्कार युक्त सामाजिक विकासका लागि हुने भनिएको यस जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता ०७५ बैशाख १ गते देखि ३ गते सम्म एड्भान्स एकेडेमीमा हुने भएको हो ।

“सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७४” नाम दिइएको यस प्रतियोगिता सुरुमा प्रतिनीधि सभा निर्वाचन क्षेत्र स्तरीय हुने र क्षेत्रबाट छनौट भएर आएका टिमहरु बीच बैशाखमा हुने जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराइने जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख कृष्णलाल श्रेष्ठले बताए ।

यस वर्षको प्रतियोगितामा नीजि क्षेत्रका विद्यालयहरु समेत सहभागि हुने भएका छन् । गत वर्ष नीजि क्षेत्रका विद्यालय र सरकारी विद्यालय बीच राज्यले विभेद गरेको भन्दै नीजि क्षेत्रका विद्यालयहरु प्रतियोगितामा सहभागी नहुँदा खेलमा सुन्दरता र समानता देखिएको थिएन । जसले गर्दा नीजि विद्यालयका विद्यार्थीहरु खेलबाट बन्चित हुन पुगेका थिए । यस वर्षको प्रतियोगितामा भने क्षेत्र नं. १ को सरकारी विद्यालय र क्षेत्र नं. २ को नीजि क्षेत्रको विद्यालयले प्रतियोगिता आयोजना गर्ने भएका छन् । सरकारी तथा नीजि विद्यालयमा पढ्ने १८ ननाघेको +२ सम्मका अध्ययनरत विद्यार्थीहरुले प्रतियोगितामा भाग लिने छन् ।

खेल तालिका
निर्वाचन क्षेत्र नं. १ स्तरीय प्रतियोगिता

चैत्र २१ गतेसम्म लिचि महाकाल मा.वि थाक्रे ४ रातमाटे धादिङमा फाराम दर्ता गराई सक्नु पर्नेछ लिचि महाकाल मा.वि मा दर्ता भएको विद्यालयहरुको खेलकुद प्रतियोगिता २०७४ साल चैत्र २२ देखि २४ गते सम्म हुनेछ ।

निर्वाचन क्षेत्र नं. २ स्तरीय प्रतियोगिता

चैत्र २५ गते सम्म एडभान्स एकेडेमी मा.वि. नीलकण्ठ न.पा. वडा नंं.३ धादिङ बेशीमा फाराम दर्ता गराउने बताईएको छ । एडभान्स एकेडेमी मा.वि. निलकण्ठ न.पा. वडा नं.३ धादिङ बेशीमा दर्ता भएको विद्यालयहरुको खेलकुद प्रतियोगिता २०७४ साल चैत्र २६ देखि २८ गते सम्म हुनेछ । प्रतियोगितामा समावेश गराइने

प्रतियोगितामा समावेश गराइने खेलहरु
एथ्लेटिक्स

छात्र: १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ५००० मिटर, ४×१०० मिटर र ४×४०० मिटर रिले ।,
छात्रा: १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ५००० मिटर, ४×१०० मिटर र ४×४०० मिटर रिले ।
फिल्ड तर्फ 
छात्रा: हाइजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्याभालिङ्ग थ्रो ६०० ग्राम र सटपुट ८ पाउण्ड ।
छात्र: हाइजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्याभालिङ्ग थ्रो ८०० ग्राम र सटपुट १२ पाउण्ड ।
कराँते (सितेरियो)
छात्र:४२ के.जी.,४७ के.जी, ५२ के.जी., र काता एकल
छात्रा: ४० के.जी., ४५ के.जी., ५० के.जी., र काता एकल
तेकवान्दो
छात्र: ४५ के.जी., ४८ के.जी. र ५१ के.जी.
छात्रा: ४२ के.जी., ४४ के.जी. र ४६ के.जी.
उसु 
छात्र: Chang Quan, Nan Quan and Taiji Quan
छात्रा:Chang Quan, Nan Quan and Taiji Quan
भलिबल
छात्र र छात्रा,
कबड्डी
छात्र र छात्रा