धादिङ फागुन ३० । धादिङको नेत्रावती डवजोङ् गाउँपालिका स्थित सेमजोङमा नवौं वाका कप प्रतियोगिता हु्ने भएको छ ।
प्रथम पुरस्कार १ लाख १ हजार हुने यस वाका फुटबल प्रतियोगित उत्तरी धादिङलाई समेट्ने गरी हुने यो सबै भन्दा धेरै पुरस्कार राशी हुने प्रतियोगिता आगामी चैत्र १० गते देखि १८ गते सम्म टिम दर्ता तथा बैशाख 1 गते नवबर्षको दिन समापन हुने गरि 23 गतेबाट खेल सन्चलन हुने भएको हो ।
विगत आठ वर्ष देखि हुँदै आएको यस प्रतियोगिता न्यू वाका राहा युवा क्लव धादिङले आयोजना गर्दै आई रहेको छ ।
नयाँ वर्ष २०७५ सालको पावन अवसरमा हुन लागेको यस नवौं वाका कप फुटबल प्रतियोगितामा प्रथम पुरस्कार नगद रु.१ एक लाख १ हजार ट्रफि, मेडल र प्रमाण –पत्र, द्वितीय पुरस्कार नगद रु.५० हजार ५०० ट्रफि, मेडल र प्रमाण –पत्र, र सेमिफाइनल प्रवेस गर्ने टिमलाई नगद रु.१० हजारका दरले पुरस्कृत गरिने आयोजक संस्थाका दिपक तामाङले धादिङपोष्टलाई बताए ।
खुल्ला फुटबल प्रतियोगिता भएकोले टिभ पुर्याएर आयोजकले तय गरेको नीतिबमोजिक खेल्ने जुनकुनै टिमले पनि प्रतियोगितामा सहभागि हुन पाउने आयोजकले बताएको छ । (फोटो आठौ वाका कप प्रतियोगिताको हो)
आठौं वाका कप प्रतियोगिता
आठौ वाका कप, नव स्टार युवा सामरीले चुम्यो