होलिस्टिकको स्वास्थ्यमा नयाँ आयाम

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन २९, २०७४

बद्रीप्रसाद दाहाल
‘आधुनिक स्वास्थ्यको विकल्प, होलिष्टिक हेल्थको सङ्कल्प’ भन्ने प्रतिज्ञालाई साकार पार्ने लक्ष्य लिएर ०७२ चैत २६ गते धादिङबेँसी शान्तबजारको फिल्म हल अगाडि सञ्चालन हुँदै आएको होलिष्टिक हेल्थ हालसम्म बीस हजारभन्दा बढीलाई सेवा प्रवाह गर्दै आएको संस्था हो । सञ्चालक एवं परामर्श दाता सुशीला रिजालले दुई लाख रुपयाँको लगानीबाट शुरु गर्नु भएको यो सेवा व्यवसाय हाल दस लाखको लगानीमा घुमि रहेको छ ।

मूलतः चीन, जापान, कोरिया जस्ता देशबाट जडिबुटी आयात गरी हाम्रै देशमा भएका जडिबुटी समेत मिलाएर उत्पादन गरिने पोषणको प्रतीक यो सप्लिमेन्ट रोगहरुको प्रतिरोधी बनेर मानव शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न निकै कामयावी भएको देखिन्छ । नेपालमा एक दशक अघि डा. डम्बर बहादुरको जोस जाँगर र सक्रियतामा यसको प्रारम्भ भएको कुरा यसका निर्देशक एल्. बी. मुखिया बताउनु हुन्छ । पोखरा, भरतपुर, कोहलपुर लगायतका १५ ठाउँमा शाखा खोल्न सफल यो संस्था नेपालमा विस्तारै लोकपृय हुँदै गएको कुरा मुखिया बताउनु हुन्छ । पृथ्वी, पानी, हावा, तेज र आकाश जस्ता पञ्चतत्वले बनेको प्राकृतिक शरीरको सुरक्षा प्रकृतिले उमारेर दिएका जडिबुटीले नै गर्न सक्दछन् भन्ने मान्यता ‘होलिष्टिक हेल्थ’ को चुरो हो ।

त्यसै भएर ‘होलिष्टिक हेल्थ अर्थात् सर्वाङ्गीण स्वास्थ्य’ प्रकृतिले प्रदान गरेका जडिबुटी सेवन गरी निरोगी र स्वस्थ भै बाँचौँ भन्ने प्रकृति विज्ञानमा विश्वास गर्ने संस्था हो । वास्तवमा हाम्रो प्राकृतिक शरीरलाई प्रकृतिकै खाना आवश्यक छ । त्यसै भएर प्रकृतिमा भएका जडिबुटी र भिटामिन युक्त खाद्य पदार्थको सेवन गरी नसर्ने रोगहरु जसले मानवलाई जीवनभर सताइ रहन्छन् तीबाट बच्न यस्ता पदार्थ प्रयोग गर्नु अपरिहार्य हुन्छ । नसर्ने रोग भन्नाले रक्तचाप, चिनीरोग, युरिक एसिड, पाठेघरको समस्या, थाइराइड, बाँझोपन, यौन समस्या, पोस्टेड, हाडजोर्नी, नसा, छाला, मिर्गौला, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, एच्आइभी एड्स, आदि पर्दछन् । सर्ने खालका अन्य रोगहरुको पनि यो सस्था उचित परामर्श र उपचारको बाटो देखाउन क्रियाशील छ ।

मस्तिष्क, आत्मा र शरीर यी तीन तत्वको सबलताको लागि प्राकृतिक जडिबुटी र पोषणयुक्त आहार होलिस्टिक हेल्थको केन्द्रीय पक्ष हो । यसै क्रममा यो संस्थाले सबैमा ‘हरित सपना’ सन्देशको रुपमा सुनाउँदै भनेको छ । ‘प्रकृतिमा शक्ति, शक्तिमा स्वास्थ्य, स्वास्थ्यमा सुरक्षा निहित रहेको हुन्छ । यसैले जीवनमा प्रकृति, अनि प्रकृतिमा जीवन निहित रहेको विश्वासको अवधारणा नै होलिस्टिक हो । यो हरियो अभियानमा सबैलाई स्वागत छ ।’

कति मीठो सूत्र पस्किएको छ यसले ‘खाना, आनीबानी, स्वच्छ हावापानी, सुन्दर प्रकृति ! हर मुहारमा खुसी, शान्ति, सद्भाव र संवृद्धि’ यसले हामीलाई स्वल्पाहार, सात्विक बानी, प्रकृतिका उपहारलाई विकृत नबनाउने आदत सिकाएर सुखीभन्दा खुसी रहन र असल विचारबाट संवृद्धि आर्जन गर्न सिकाउँछ । असल स्वास्थ्य, सुशिक्षा, र सुसंमृद्धिमार्फत सकारात्मक सोचको अभि वद्धि गर्नु यसको दर्शन वा राजमार्ग हो । स्वस्थ रहने, स्वस्थ बन्ने र स्वस्थ्य बाँच्ने, तीन आयाममा व्यायाम गराउँछ यसले । यो संस्थाले बहुमुखी थेरापीहरुलाई आफ्नो सेवामा समाहित गरेको छ । फायर थेरापी, अर्थ् थेरापी, एयर थेरापी, स्पेश थेरापी जस्ता प्राकृतिक विधिहरु अपनाएको छ ।

जहाँ सन्तुलित तापक्रम, पृथ्वीगन्ध र इन्द्रिय बीच सम्बन्धन, पानीको सेकाइ, हावा र आकाश थेरापी प्रकृति चिकित्साको ज्वलन्त नमुना हो । त्यसैगरी आहार पूरक खाद्यहरु जो रोगविरुद्ध लड्न सक्छन् ती चीजहरुको उत्पादन गरेर यसले सेवा पु¥याउँदै आएको छ । धादिङकै कुरा गर्ने हो भने पनि ६ जोडी निसन्तान भएकाहरुले सन्तान पाएका छन् । अस्पतालले उपचार गर्न नसकी घर फिर्ता भएका क्यान्सर रोग लागेकाहरु आज ठमठम हिडेका छन् । शरीर सुन्दर र सुसंगठित बनाउन कै लागि ‘एलोभेरा (घ्यूकुमारी) सेवन जरुरी छ । तर त्यो प्रशोधित र मात्रा मिले मात्र ठीक हुन्छ ।

त्यसैगरी प्रकृति कै जडिबुटीबाट सप्लिमेन्टका रुपमा आएका प्रशोधित जडिबुटीहरु एन्जेलिका, एन्टिलर, बार्ली, ऋषि, यार्सा, ओमेगा जस्ता दर्जनौँ उत्पादन लोकपृय बन्दै गइरहेको छ । मुटु, कलेजो, फोक्सो, पेट र मस्तिष्क सम्बन्धी समस्यामा यार्साले पु¥याएको योगदान स्तुत्य छ । यसले हार्मोनमा सन्तुलन, क्यान्सर र ट्यूमरमा समेत पु¥याएको योगदानले विश्वमा नै ठूलो हलचल ल्याएको छ । मसाज आइल, ओरलवाइज टुथपेष्ट, दर्माकिङ साबुन, कफी, कालो कफी, जीमाइसेलिङ जस्ता दर्जनौँ सप्लिमेन्ट अत्यन्त गुणकारी भएको कुरा सेवनकर्ता सबैको अनुभव छ । यो छोटो लेखमा सबै कुरा लेखिरहन सम्भव नभएको हुँदा केही सूत्रात्मक पक्षलाई उजागर गर्ने चेष्टा मात्र गरेको छ यहाँ ।

बीस हजारभन्दा बढी यसका सेवनकर्ताहरु धादिङमा देखिएको हुँदा र दिन प्रतिदिन होलिस्टिक प्रतिको जनविश्वास बढिरहेको परिवेशमा सञ्चालिका सुशीला रिजाल जिल्लाका अन्य स्थानमा पनि यसको विस्तार गर्ने सोचमा छिन् । हामी सबै प्राणी प्रकृतिकै सिर्जना भएकोले प्रकृति कै उब्जनी प्रयोग गरेर स्वास्थ्यको सर्वाङ्ग संबृद्धिमा लाग्नु जरुरी छ । त्यसैले धादिङको स्वास्थ्य क्षेत्रको नयाँ आयाम, होलिष्टिक हेल्थको गति हुन सकोस् सुन्दर अभियान अविराम बनेर । (साभारः धादिङबाट प्रकाशित हुने सूचक सन्देश साप्ताहिकबाट)