शिक्षिका भगवती अन्यायमा १४ महिनाको तलब नदिने कस्तो कानुन

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन १५, २०७४

धादिङ फागुन १५ । धादिङ गंगाजमुना गाउँपालिका स्थित सरस्वती आधारभुत विद्यालयमा कार्यरत शिक्षिका भगवती नेपालले १४ महिनाको तलव नपाउने भएकी छिन् ।

यस विद्यालयका शिक्षक अर्जुन नेपाल काजसरुवा भई मण्डली माबि गएपछि रिक्त भएको पदमा भगवती नेपाललाई प्रचलित कानुन अनुसार नै ०६४ साल देखि नियुक्ती गरिएको थियो । तर उनलाई ०७२ पुष देखि जिल्ला शिक्षा कार्यालय धादिङले तलब खुवाउन नसकिने बताएको छ ।

जिल्ला शिक्षा कार्यालय धादिङका सहायक जिल्ला शिक्षा अधिकारी शोभाकर रेग्मी भन्छन्, मण्डली माविमा नवराज अधिकारीको प्रावि दरबन्दीमा अर्जुन नेपाल गए, अधिकारी मावि अस्थायीमा थिए । पछि नवराज प्रावि दबन्दीमै फर्कनु पर्ने कानुनी व्यवस्था भयो त्यसपछि अर्जुन नेपाल काजफिर्ता भई ०७२ मा सरस्वती प्रावि गए, त्यसपछि भगवती त्यस विद्यालयमा रहने भन्ने कुरै भएन कसरी तलव पाउनु ।

स्मरणिय के छ भने, अर्जुनलाई काजफिर्ता गरिएको कुनै पनि जानकारी शिक्षा कार्यालयले गरेको देखिदैन भने अर्जुन पनि हाल सम्म मण्डली मै पढाई रहेका छन्, उता प्रक्रियागत रुपमा नियुक्ती भएर बसेकी भगवती, अर्जुन नफर्केकोले हाल सम्म सरस्वतीमा पढाई रहेकी छिन् ।

यस विषयमा जिज्ञाशा राख्दा शोभाकर भन्दछन्, नवरराज अधिकारीले हामी मिलाउँछौ प्रचण्डकोमा गएर भएपनि भगवतीको तलव दिलाए रै छाड्छौ भन्थे, त्यसपछि प्रचण्ड नै प्रधान मन्त्री बने शिक्षा मन्त्री पनि माओवादी कै बन्यो तर यो समस्या हल गराउन सकेनन् । नीति र नियम भन्दा माथि जान केहि मान्छे लागे त्यसलाई भगवतीले विश्वास गर्दा आजको स्थिति आएको बताउँछन् ।

उनी भन्छन्, हामीले १ वर्षको तलब मायाँ नगर नवराज अधिकारीले राजीनामा गरेपछि त्यो ठाउँ खाली छ, त्यो ठाउँको लागि निवेदन देउ भन्दा पनि भगवतीले वास्ता गरिन्, अव अधिकारीले राजीनामा दिएको १६ महिला विति सक्यो त्यो दर्बन्दीमा पनि राख्न मिल्दैन पहिलाको तलवको त के कुरा ।

के छ त भगवतीलाई तलवव दिलाउने उपाए
शिक्षा र सरकारी निकायमा रहेर काम गरेका शिक्षा विद भन्छन् जिल्ला शिक्षा कार्यालय र भगवती दुबैको कमजोरीका कारण यो समस्या आएको हो ।

मण्डलीमा अर्जुन नेपाललाई पठाउने र सरस्वती प्राविको दबन्दीको तलब नेपाललाई खुवाउने कस्तो जिल्ला शिक्षा अधिकारी, कित अर्जुनलाई सरस्वतीनै पठाउनु पर्दथ्यो यदि कार्यक्षेत्र जान नमानेको भनेर स्पष्टिकरण सोध्नु पर्दथ्यो ।

अहिले आएर भगवती लाई तलव खुवाउन कानुनले दिएन भन्न पाइन्छ ? यदि कानुन त अर्जुन, भगवती र स्वयम जिल्ला शिक्षा कार्यालयलाई सबैलाई बराबर लाग्छ ।

अब कानुनत क्याविनेटको बैठकबाट निर्णय गर्दै शिक्षा विभाग मार्फ निर्देशन गर्दै तलव खुवाउनु पर्यो कित गाउँपालिकालाई तलव खुवाउन पत्रचार गर्नुपर्यो ति विज्ञले धादिङपोष्टलाई बताए ।

यी हुन भगवतीले तलव पाउनु पर्ने प्रमाणहरु