अनमोल भण्डारी फुटसलको उपाधी CPN ले जित्यो

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन १२, २०७४

धादिङ फागुन १२ । धादिङका फुटबल स्टाइकर अनमोल भण्डारीको एकल प्रयासमा जारी भएको सर्वाधिक ५० हजार राशीको फुटसल प्रतियोगिता कम्युनिटि प्रोग्रेस नेपाल (CPN) ले जितेको छ ।

फाइनल खेलमा प्रतिस्पर्धा गरेका कम्युनिटि प्रोग्रेस नेपाल (CPN) ले र रेभ फुटसल क्लबलाई ७-५ को गोल अन्तरले पछाडी पार्दै प्रथम पुरस्कार हात पारेको हो ।

प्रथम पुरस्कार चुम्नका लागि कम्युनिटि प्रोग्रेस नेपाल का कप्तान अजय तामाङले १ गोल गरेका थिए भने जर्सी नम्बर ९ का पुनम बुढाथोकी, १० का सुनिल तामाङ र ११ का विवेक गुरुङले टिमका लागी २/२ गोल गरेका थिए ।

रेभ फुटसल क्लबले फाइनल खेल हार व्यहोर्दै  द्वितिय पुरस्कार नगद ३० हजार सहित ट्रफि, मेडल, प्रमाण पत्र प्राप्त गरेको छ ।

पुरस्कार वितरण तथा खेल समापन कार्यक्रममा बोल्दै नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाले धादिङबेसीमा रहेको एकमात्र फुटसल हरेक व्यक्तको आँखाको नानी बन्दै गएको र यसमा हुने नियमित खेल शिक्षा र स्वास्थ्य सँग जोडिएको बताएका थिए ।

शुक्रबार बिहानबाट सुरुभएको प्रतियोगिताको क्वाटर फाइनल सकिए सँगै केहि राम्रा टिमहरु धादिङ फुटसल एकेडेमी टिम, धादिङपोष्ट डटकमको टिम, विजयी चर्च लगायतका टिमहरु बाहिरिएका थिए ।

यस्तै सेमिफाइनल यात्रा पार गर्न नसकेका तर उत्कृष्ट खेल प्रदर्शन गर्नेमा आयोजक अनमोल भण्डारी टिम र यस अघि भएको खुल्ला फुटसल प्रतियोगितामा प्रथम भएको ज्वालमुखि युवा क्लब रहे ।