धादिङ फागुन १२ । धादिङका फुटबल स्टाइकर अनमोल भण्डारीको एकल प्रयासमा जारी भएको सर्वधिक ५० हजार राशीको फुटसल प्रतियोगिताको फाइनल खेल शनिबार हुने भएको छ ।
शुक्रबार बिहानबाट सुरुभएको प्रतियोगिताको क्वाटर फाइनल सकिए सँगै केहि राम्रा टिम बाहिरि सकेका छन् भने राम्रो टिममा हरिएको गोपी भण्डारीको कप्तानिमा रहेको एकेडेमीको धादिङ फुटसल टिम, धादिङपोष्ट डटकमको टिम, विजयी चर्च लगायतका टिमहरु बाहिरिइ सकेका छन् ।
दुई पोल बनाएर खेलाइएको फुटसल प्रतियोगितामा आयोजक अनमोल भण्डारीको टिम, ज्वालमुखि बि, ज्वालामुखी ए, कम्यूनिटि प्रोगेस लगायतका टिमहरु उत्कृष्ट प्रदर्शन गर्दै आई रहेका छन् ।
यस्तो छ, पुरस्कारहरु
१. प्रथम पुरस्कारः नगद रु.५०,००० ट्रफि, मेडल, प्रमाण पत्र०
२. द्धितिय पुरस्कारः नगद रु.३०,००० ट्रफि, मेडल, प्रमाण पत्र०
३. उत्कृष्ट गोलरक्षक र उत्कृस्ट खेलाडी: नगद रु.५,०००/५,००० सहित मेडल्, प्रमाण पत्र