कृष्णराना मगर
धादिङ फागुन १ । धादिङको गंगाजमुना ५ फुलखर्कको दाङसिङमा भुकम्प पीडितको टहरामा आगोलागी भएको छ ।
मंगलबार बिहान करिब ८ बजे तिर चन्द्रबहादुर भुजेल र उनको छोराको टहरामा आगोलागी भएको हो । बाबु छोराको घर संगै जोडिएको हुनाले पहिले बाबुको घर जलेसंगै छोराको जलेको हो ।
आगोलागिबाट भुकम्प पीडितको निजी आवसका लागि दिइएको अनुदान रकम रू एकलाख पचास हजार र पहिलो किस्ता बापत पचास हजार नगद रकम सहित बाबुछोराको गरि झण्डै सात लाख बराबरको क्षति भएको छ ।
आगोलागि खाना पकाएर बाकि रहेको कोइलेचुलीबाट आगो खरको छानोमा सल्केको हुनसक्ने प्राम्भिक अनुमान गरिएको छ ।
पिडितलाई तत्काल नेपाल रेडक्रस सोसाइटी फुलखर्कको तर्फबाट त्रिपाल र मण्डलि मावि जुनियर रेडक्रस सर्कलको तर्फबाट ४ थान कम्बल बितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी फुलखर्क उपशाखा ले विभिन्न ब्यक्ति तथा संघसंस्थालाई सहयोगको लागि अपिल गरेको छ।