गोपाल फ्युबा
धादिङ माघ २८ । मंगलादेवी मा वि खेलमैदान बोराङमा माघ २५ गतेदेखि आयोजना गरिएको मैत्रिपूर्ण भलिवल प्रतियोगिता आज सम्पन्न भएको छ ।
नेत्रावति गाउॅपालिका र खनियावास गाउॅपालिकाका विद्यालयहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा आयोजक मंगलादेवी मा वि प्रथम, गणेशकुण्ड मा वि द्वितीय र बच्छलादेवी मा वि तृतीय भएको थियो ।
कार्यक्रममा नेत्रावति डब्जोङ गाउॅपालिकाकी उपाध्यक्ष उर्मिला तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।