धादिङ थर्पूमा २ सय भन्दा बढी बाख्रामा अज्ञात रोग फैलियो

Avatar photo
Dhadingpost
शुक्रबार, माघ २६, २०७४

धादिङ, थर्पूभज्याङ, माघ २६ । नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ४ का विभिन्न गाउँमा बाख्रामा अज्ञात रोग देखा परेको छ ।

नेत्रावती डबजोङ गाउँपालिका स्थित थर्पु, बाहुनगाउँ, कल्लेरी लगायतका गाउँमा बाख्रामा अज्ञात रोग देखा परेको हो ।

अज्ञात रोगले गाउँमा थुप्रै बाख्राहरु विरामी परेपछि गाउँपालिकाका प्राविधिकहरुले रोगी बाख्रको उपचार गरिरहेका छन् । केही दिन अघि टुगेदर फर नेपाल नामक गैर सरकारी संस्थाले बाँडेको बाख्राले रोग सारेको स्थानीयहरुले बताएका छन् ।

टुगेदर फर नेपालले बाख्रा बाँडेको भोलीपल्ट नै संस्थाबाट सहयोग पाएको बाख्रा विरामी भै मरेको र त्यसको भोलीपल्टबाट गाउँका पुरै बाख्रा विरामी परेको स्थानीयहरुले बताएका छन् । केही दिन अघि मैले सहयोग पाएको बाख्रा घर ल्याएँ, भोलीपल्टै त्यो बाख्रा म¥यो तेस्रो दिन गाउँभरी नै विरामी फैलियो थर्पु निवासी कृष्णबहादुर डंगोलले भने । उता स्थानीय बेगबहादुर डंगोलले पनि आफ्नो घरमा संस्थाले नै दिएको बाख्रा पहिले मरेपछि अन्य गाउँमा रोग फैलिएको बताएका छन् ।

गाउँ भरीको बाख्रामा रोग फैलिएपछि स्थानीयहरु ४ नं. वडा अध्यक्ष तिलबहादुर गुरुङ हुँदै गाउापालिकामा खबरे गरेको उनीहरुले बताएका छन् । अहिले ३ वटा मात्रै मरेको छ ४ दिनको अवधिमा गाउँका १ सय ५० भन्दा धेरै बाख्रा विरामी परे वर्षभरी पालेर हुर्काएका बाख्राहरु मर्दा आफूहरुलाई निकै चिन्ता लागेको कमला डंगोलले बताईन् ।

उता गाउँपालिकाका प्राविधिक अर्जुनप्रसाद खतिवडाले भने बाख्राहरु विरामी परेको कुरा साँचो भएको बताउँदै सो बारे बारेमा अनुसन्धान भैरहेको बताएका छन् । गाउँमा धेरै बाख्रा विरामी भएको भन्ने कुरा आएको हो स्थलगत अनुगमन पछि । बाख्रा वितरण गर्ने भनिएको संस्था टुगेदर फर पिसको बारेमा पनि बुझ्ने काम सुरु भएको छ खतिवडाले भने ।

विरामी देखिएका बाख्राहरुको उपचार सुरु गरिसकिएकोले १-२ दिनमा थप कुराहरु गर्न सकिने खतिवडाको भनाई छ । बाख्रामा लागेको रोग नियन्त्रणको लागि उच्च सतर्कता अपनाइसकिएको समेत खतिवडाले दावी गरे ।