खनियाबास दार्खामा छेचि पर्व

Avatar photo
Dhadingpost
शुक्रबार, माघ १९, २०७४

गोपाल फ्युबा तामाङ
धादिङ, खनियावास माघ १९ ।
परम्परादेखि मानिदै आएको तामाङहरूको मौलिक पर्व छेचि सम्पन्न भएको छ ।
छेचि संरक्षण समिति, थ्री डी बिर्चेत युवा क्लव र बिर्चेत सभ्य समाजको आयोजना तथा वडा नं ३ को आर्थिक सहयोगमा छेचि पर्व मनाइएको हो ।

माघ १६ गतेदेखि खनियावास गाउॅपालिका वडा नं ३, ब्युर्चेतमा भएको कार्यक्रममा परम्परागत लामा नाच, म्हुखे नाच, दोरा नाच, फुक्तुङ नाच, ल्हल्हिमो नाच, वेश्यक नाच, गोशे नाच, घोडचढी नाच र य्हा नाच प्रदर्शन गरिएको थियो ।

छेचिले स्थानीय तामाङहरूको पहिचान स्थापित हुने खनियावास गाउॅपालिकाका अध्यक्ष हरिलाल तामाङले बताउनु भयो । छेचिको प्रवर्धन र संरक्षण गर्न पहल गर्ने खनियावास गाउॅपालिका वडा नं द्ध का अध्यक्ष बुधराम तामाङले बताउनु भयो ।

छेज्यु तामाङको विशेष उपस्थितीमा भएको कार्यक्रममा फूर्पा तामाङको संयोजन र सकृयतामा कार्यक्रम सम्पन्न भएको हो ।

छेचीमा गरिने क्रियाकलापहरू

१. तिथि तथा जिम्मेवारी तोक्ने
छेचीको तिथि तोक्न चिप, लामा, मुखे, जिम्बुवाल, गौरा, गान्वा, तान्वा, बोम्पो, व्हाइ पोम्पो लगायत अन्य सरोकारवालाहरू मुखेको घरमा जम्मा भएर सल्लाहा गरिन्छ ।
यस पटक मुखे, गौरा, जिम्बुवाल प्रथा नमानीरहेको र स्थानीय चुनाव हुन नसकेको अवस्थामा छेची व्यवस्थापन मूल आयोजक समिति गठन गरियो । जसमा जिम्बुवाल तथा समाजसेवी छेज्यू तामाङ अध्यक्ष, वडाध्यक्षहरू कलबहादुर तामाङ र सुन्दर तामाङ उपाध्यक्ष, बमबहादुर तामाङ र गङ्गालाल थोकर कोषाध्यक्ष, चोकबहादुर घले सचिव लगायत १०१ सदस्य रहेको थियो ।
ह्अम फाल्ने कुखुरा र चामल बमबहादुर तामाङ, पासम चिरण तामाङ, प्रचार प्रसार र सुरक्षा ब्यवस्थापन गोपाल फ्युवा तामाङ, पल्दोरको मकै किरण तामाङ, सङ तथा स्यल कलबहादुर तामाङ, तरकारी गङ्गालाल थोकर, दाउरा चिर्ज तामाङ, खाजा ज्यबरोङ तामाङ, स्वागत सत्कार तथा भिडियो ल्हप्सङकर्पो म्युजिक सेन्टर, औषधि उपचार सन्तोष साह, लामा स्यपस्युप जम्नारोङ तामाङ र सिर्कुरोङ तामाङ, बिजुली क्षितिज तामाङ जम्ना, भान्छा व्यवस्थापन शान्ती तामाङ, रङ तथा अविर कृष्ण तामाङले जिम्मा लिए ।
२. पासाम काट्न पठाउने
दशमीको विहानै पासाम काट्नेहरू गाउँ भन्दा माथि वनमा पठाउने गरिन्छ । यस पटक चिरण तामाङ मर्चको नेतृत्वमा क्षितिज तामाङ जम्ना, ल्हक्पा तामाङ, किरण तामाङ र मिनबहादुर तामाङ रहेका थिए ।
३. डसङको लागि सामग्री तयारी गर्ने
पासम काटेर ल्याउदै गर्दा अन्य समितिका सकृय सदस्यहरू भने डसङ निर्माणको लागि आवश्यक सामग्रीहरू बटुल्दै गरिरहेका हुन्छ ।
४. ह्आम फाल्ने
छेची पर्वलाई सफल पार्नको लागि देवता खुसी पार्न तथा ग्रहदशा फाल्न उहिलेको सृष्टिदेखि लिएर प्रचलनसम्मका कुरा फलाकेर कुखुरा भोग चढाउने गरिन्छ । यसपटक लप्ताआपाको रूपमा सुइटेक तामाङलाई निम्त्याएको थियो ।
५. लामा ल्याएर बर्जा गाड्ने
यो भूमिमा छेची पर्व मान्दैछौ भन्ने सन्देश स्वरूप डसङ निर्माण गर्ने मध्ये भागमा लामाले आफूले टेकेर ल्याएको बर्ज गाडिन्छ । केही मन्त्र उच्चारण गर्दै तिनपटक खुट्टा भूइमा बजार्दै कङलिङ बजाउछ । यसपछि बल्ल डसङ बनाउने कार्य प्रारम्भ हुन्छ । बर्ज गाड्ने लामा यस पटक ज्यम्बलदोर्जे ग्याज लामा थिए ।
६. डसङमा निर्माण गर्ने दज्र्यो राख्ने
छेची पर्व मान्ने ठाउँमा आयातकार हुनेगरी छवटा घोचा खम्बाहरू गाड्ने जसलाई भाटाको माध्यमबाट जोडी बाँध्ने र फल्याकहरूको सहायताले चोटा बनाउने । पासम आइपुगे पछि पाँच ध्रुवमा पर्ने गरी पासम बाँध्ने लामा बस्ने पट्टीमा अग्ला भाटामा सेतो वा पहेलो क्र्याकी बाँध्नु पर्दछ । अन्य पासमहरूसँग कम्तीमा पाँच रङ पर्ने गरी रङ्गीचङ्गी ध्वाजाको रूपमा लुगाहरू बाँध्ने र चित्रोले लामा पट्टी खुल्ला हुनेगरी बेर्नु पर्दछ । पासमहरूको टुप्पोमा बाँधी ठूला कपडाको बीचमा मानामा गहूँ मकै धान कोदो र सिक्का समेत राखेर बाँधी टाङ्नु पर्दछ । अन्य आवश्यक सजावट गर्न सकिन्छ ।
यस पटक दज्र्युमा बाँध्ने लुगाहरू गममाया तामाङ, कलबहादुर तामाङ, गोपी तामाङ, केनम तामाङ र रोशन फ्युबाले दिएका थिए ।
७. सङ सुरू गर्ने
डसङ निर्माण भइसके पश्चात लामाले सङ सुरू गर्दछन् । त्यसको लागि केही आवश्यक तोर्माहरू समेत निर्माण गरिनु पर्दछ । यसका लागि मरूलामा लागेका थिए ।
८. पल्दोर बनाउने
सङ पश्चात लामा, गुर्वा मिलेर पल्दोर लगायतका तोर्माहरू बनाउने गर्दछन् । तिनीहरूको आफ्नै नाम हुन्छन् । पल्दोर बनाउन मरू लामा, ग्याच लामा र हरी लामा खट्नु भएको थियो । पकाउन तथा सहयोग गर्न सिर्कुरोङ, जम्नारोङ, किरण, वीरबहादुर, कृष्ण, गोपाल आदि लागेका थिए ।
९. स्यल रङ्गाउने
गुर्वाले भने शुद्घ घिउमा अलग अलग पाँच रङ मिलाएर स्यलछ्युप गरिन्छ । कमलको फूल, दोर्जे, सर्प लगायतको आकृति बनाइन्छ । यस पटक स्यलको लागि सत्तलसिङ गुर्वाले नेतृत्व लिनु भयो भने सहयोगीको रूपमा कृष्ण, सिर्कुरोङ, जम्नारोङ, पल्देन, जसराम, गोपाल, वीरशहादुर आदिले सहयोग गरेका थिए ।
१०. मुखे नाच्ने
मुखे नाच चेमाको सुरूवाती चरण हो । यसमा दुई समूहका टोली बिच झैभगडा र लडाई भएको देखाइन्छ । रातोहरूले टाउको, काँध र कम्मरमा रातो फेटाले बाँध्नु पर्दछ भने सेतोहरूले सेतै फेटाले बाँध्नु पर्दछ । सेतो समूह पहले डसङमा प्रवेश गर्दछ । हातमा खुकुरी बोकेका टोली बीच केहीसमय लडाइको अभिनय गरिनछ । पछि सामन्जस्य भई हामीलाई झगडा गराउने कारक तत्वको रूपमा रहेको भूतरूपी सिमानालाई काट्न तम्सिन्छ । प्रतिकको रूपमा केराको खम्बा डसङभन्दा पूर्वी दिशामा राखेको हुन्छ । सुरूमा सेतो वस्त्रधारीले काट्नु पर्ने मान्यता रहेको छ । पछि टुक्रटुक्रा पारी सकेपछि समूहमा सम्लग्न सबैले आ आफ्नो हातमा रहेको खुकुरी भाला वा लठ्ठीमा समेत सिउरेर खोय खोय भनेर नाच्ने गरिन्छ ।
यो नाच मुखेको घरमा सुरू भइ डसङमा नाचेर मुखेकै घरमा अन्त्य हुन्छ । यो नाचले झै झगडा गराउने तत्व अर्कै हुन्छ त्यसको बेलैमा पहिचान गर्नुपर्दछ भन्ने सन्देश दिन्छ । यसले गर्दा झगडा हुदैन भन्ने विश्वास रहेको छ । यसपटक हिरालाल, ल्हक्प, सञ्जय र अमित मूख्य मुखेको रूपमा नाचेका थिए । अन्य सहायकहरू प्रशस्त रहेका थिए ।
११. पल्दोर छेन्या डसङमा राख्ने
रातभर भएभरको सीप बुद्घि र उत्साहाका साथ तयार पारेको पल्दोर र गाउँका गन्यमान्यका छरबाट ल्याएका छेन्यालाई लहरै राखी मन्त्रोच्चारण गरिन्छ । अब भातका थुप्रोमात्र नभएर देवदेवीको स्वरूप भयौ भन्दै डसङ तिन फेर लामा नाच सँगै घुमाइ डसङमा स्थापना गरिन्छ ।
१२. म्हने दोरा नाच्ने
म्हाने नाच्ने दोरा नाच्ने लगायतका मनोरञ्जनात्मक कृयाकलापहरू गरिन्छ । यस बेलामा मनपरी गीत तथा नाच नभएर अर्थपूर्ण र छे माग्ने निसिमको हुने गर्दछन् । जसमा गुर्वाको प्रमुख भूमिका रहन्छ । यस पटक गीत गाउने व्हाईपोम्पोको रूपमा टाउके तामाङ, जेजलामा तामाङ, स्यानु तामाङ, सिङ्गराम तामाङ रहेका थिए ।
१३. वाङ दिने लिने
लामाले वाङ दिने गर्दछ । वाङ भनेको प्राप्त आशीर्वाद ब्यक्तिमा सार्ने कृयाकलाप हो । यसमा हरेका किसिमका आशीर्वाद लामाले फलाक्दै दिन्छन् भने लिनेले सगुन तथा दक्षिणा दिने गर्दछन् ।
१४. फुक्तुङ
फुक्तुङलाई स्हिप्ता नाच भनिन्छ । स्हिप्ता भन्नाले पालनको देवता भन्ने अर्थ लाग्दछ । यसलाई मुखेको घरमा सिङ्गारेर त्यही अन्त्य गर्ने गरिन्छ । यसको पुजा गरेमा न्यातास्हिप्ता खुसी भई रोग, ब्याधी र कष्ट हट्ने जनविश्वास रहेको छ ।
फुक्तुङ तयारी गर्न मध्यम खालको डोको चाहिन्छ । त्यसमा एउटा लठ्ठी माथीबाट छिराएर टुप्पोमा फूल बाँधिन्छ र फूल बाँधेको भाग देखिने गरी गोइले छोपिन्छ र भित्र एकजना कलाकार छिरिन्छ । लामो क्र्याकीको सहाराले समाजका लब्धप्रतिष्ठित सबैले गीत गाउदै डोर्याउदै लगिन्छ । लामाको ताल अनुसार कलाकारले नाच्ने, जिउ हल्लाउने गरिन्छ । डसङमा प्रवेश गरेर केही फन्को नाचे पछि फेरी मुखेकै घरमा गीत गाउँदै नाच्दै फर्किन्छ । अघि अघि आईमाईहरू धुप र सगुन बोकेर तालमा ताल मिलाएर नाच्दै गाउदै अगाडि हिडिरहेको हुन्छ । कलाकारको रूपमा सेम्चले साथ दिएका थिए ।