कमलादेवीको उत्कृष्ट शिक्षिका भारती पुरस्कृत

Avatar photo
Dhadingpost
बिहिबार, माघ ११, २०७४

कृष्ण रानामगर
धादिङ मुलपानी माघ ११ ।
श्री कमलादेवी आधारभूत विद्यालय त्रिपुरासुन्दरी ३ मुलपानीमा पढाउने शिक्षिका भारती भण्डारी पुरस्कृत भएकी छिन् ।

कमलादेवी विद्यालयको ५९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा उत्कृण शिक्षिकाको रुपमा उनलाई नगद सहित पुरस्कृत बुधबार सम्मान गरिएको हो ।

कार्यक्रममा कमलादेवी विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र कुमार थापाको सभापति तथा त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुख शम्भु कुमार थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विभिन्न विद्यालयका प्र अ तथा प्रतिनिधि विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिको आतिथ्यता रहेको थियोे । कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे ।

पुर्व शिक्षक विकास श्रेष्ठलाई पनि विद्यालयले विदाइ गरेको छ। माघ ७ गतेदेखि विभिन्न खेलकुद प्रतियोगिता अतिरिक्त क्रियाकलाप गरिएको थियोे । उक्त कार्यक्रमको आज पुरस्कार वितरण गरिएको हो ।