धादिङबेसी माघ ६ । धादिङबेसी सदरमुकालाई व्यवस्थित शहर बनाउने अभियान अनुरुप निकलण्ठ नगरपालिकाले पहिलो चरणमा अव्यवस्थित पार्किङ, सटर अव्यवस्थित पसल, र सडकमा राखिएका निमार्ण सामाग्री तर्फ चासो देखाएको छ ।
नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भन्डारीले धादिङपोष्ट सँग कुरा गर्दै भने पहिलाका निर्णय कति कार्यान्वयनमा आय आफ्नो ठाउँमा छ तर अब नगरपालिकाले गरेका निर्णय दृढताकासाथ कार्यन्वयन गरिने छ । हामीले माघ ११ गतेबाट लागुहुने विभिन्न महत्वपूर्ण निर्णय गरेका छौ यो ११ गतेबाटै कार्यान्वयन हुन्छ भण्डारीले भने ।
नगरपालिकाले पार्किङ व्यवस्थित गर्न खुल्ला मञ्च, कवर्डहलको आसपास, मिलनटोल, पुटारबजार, बसपार्क क्षेत्र छुट्याईएको बताईएको छ ।