धादिङबेसी पौष २३ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नारा दिएर सुरुभएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल– प्याब्सन स्तरीय खेलकुद प्रतियोगिता खेल सुरुभए सँगै स्थगित भएको छ ।
अन्तर विद्यालय स्तरीय यस प्रतियोगितामा प्याब्सनमा आवद्ध भएका ३८ विद्यालयको सहयोग रहेको खेलकुद प्रतियोगिता तर्फ भलिबलमा छात्रा तर्फ ६ विद्यालय र छात्र तर्फ ९ वटा विद्यालयले प्रतिस्पर्धा गर्ने निर्णय गरेका थिए ।
धादिङबेसी स्थित चिल्ड्रेनपार्क आवसिय माध्यमिक विद्यालयको प्राङ्गणमा छात्रा तर्फको १ खेल र छात्र तर्फको १ खेल सम्पन्न भए सँगै प्रतियोगिता स्थगित भएको छ ।
यस निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का संस्थापक सदस्य, पूर्व केन्द्रीय अध्यक्ष, वर्तमान वरिष्ठ सल्लाहकार डाक्टर बाबुराम पोखरेल निधन भएको र (प्याब्सन) केन्द्रिय समितिले पौष २९ गते सम्म कुनै कार्यक्रम नगर्न नगराउन निर्देशन जारी गरेकोले सम्पूर्ण तयारीका साथ सुरुभएको खेलकुल प्रतियोगिता स्थागित भएको प्याब्सन धादिङ जानकारी दिएको छ ।
स्थगित हुनु पूर्व भएको छात्रा तर्फको खेलमा चिल्ड्रेनपार्कले सुनगाभा एकेडेमीलाई पराजित गरेको थियो भने छात्र तर्फको खेल एड्भान्स एकेडेमीले सुनगाभा एकेडेमीलाई पराजित गरेको थियो ।