स्वास्थ्य सँग जोडिएको छ खेलकुद-शर्मा
धादिङबेसी पौष २१ । धादिङबेसीमा जिल्ला स्तरीय फुटसल प्रतियोगिता जारी रहेको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता विश्वप्रकाश शर्माले उद्घाटन गर्नुभएको फुटसल प्रतियोगितामा पहिलो चरणको नकआउट खेल सकिएको छ ।
फुटसल उद्घाटन गर्दै नेता शर्माले खेलकुद स्वस्थ्य सँग जोडिएको विधा भएकोले राज्यले खेदकुदमा विशेष लगानी गर्नुपर्ने बताउनु भयो । स्थानिय तह देखि केन्द्र सम्म नयाँ संरचना बनि सकेकोले फुटबलमा विशेष बजेट विनियोजन गरिनु पर्ने समेत उहाँले बताउनु भयो । हरेक विधाका खेलकुदले स्वास्थ्य सँग जोडिएकोले नीरोगी रहन खेलकुद आवश्यक रहेको र वजेटको अभावमा खेलकुदलाई प्रत्सोहान गर्न राज्य चुकेको समेत उहाँले बताउनु भएको थियो ।
धादिङबेसीमा जारी प्रतियोगितामा १६ टिमले प्रतिस्पर्धा गरेकोमा सुकलाछार क्लव मार्पाक, सुनौलाबजार, तेकवान्दो क्लव धादिङ, ओभरसिएर धादिङ, पत्रकार महासंघ धादिङ, धादिङ समाज धादिङ, ज्वालामुखी गाउँपालिका र आयोजक (धादिङ फुटशल एकेडेमी विजयी भए सँगै पहिलो चरणबाटै दिप ज्योती, वाइज यूनाइटेड सिरानबजार, हिम्स नेपाल, मिलनटोल धादिङबेसी, गजुरी गाउँपालिका, पात्ले (SBA), भद्रकाली मलेखु प्रतियोगिताबाट बाहिरिएका छन् ।
शुक्रबार भएको खेलमा आयोजक धादिङ फुटसल एकेडेमीका विपिन कडेलले व्यक्तिगत ८ गोल गर्दै सर्वाधिक गोल कर्ता बनेका थिए ।
धादिङ समाज धादिङका फुटबल स्टाइकर गोपी भण्डारीले संचालनमा ल्याएका धादिङ फुटसल एकेडेमीले संचलन गरेको यस प्रतियोगितामा विजेता र उप विजेतालाई क्रमस नगद ३५ हजार र २५ हजार प्रदान गरिने बृजेश गुप्ताले धादिङपोष्टलाई बताए ।
यस्तो रह्यो आजको खेलको नतिजा
यस सँग सम्बन्धित पुराना समाचार
धादिङमा फुटसल प्रतियोगिता
धादिङका नेता सामु, पत्रकारको केहि लागेन