धादिङ पौष ९ । धादिङको गजुरी गाउँपालिकाले धादिङका निर्वाचित प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यहरुलाई सम्मान गरेको छ ।
निर्वाचित स्थानिय तहले निर्वाचित सबै जनप्रतिनिनधिलाई उपस्थित गराई सम्मान गर्ने पहिलो गाउँपालिका गजुरी हो ।
सम्मान कार्यक्रममा निर्वाचित प्रतिनिधिहरुले घोषण पत्र अनुरुप बाम गठबन्धनले योजना ल्याउने र ५ वर्ष भित्र उल्लख्य विकास गर्ने बताएका थिए । उनीहरुले विकास निर्माण स्थानिय तह सँग जोडिने भएकाले स्थानिय तहले सुशासन र पारदर्शि ढंगले काम गर्नु पर्नेमा जोड गरेका थिए ।
गजुरी गाउँपालिका प्रमुख राजेन्द्र विक्रम बस्नेतले फुलमाल र खादा पहिर्याई दिएर जनप्रतिनिधिहरुलाई स्वगत गरेका थिए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य भुमि त्रिपाठी, खेमप्रसाद लोहनी प्रतिनीधि सभा सदस्यहरु राजेन्द्र पाण्डे, शालिकराम जमकट्ेल, रामकुमार अधिकारी र जगत सिंखडाको उपस्थिति रहेको थियो ।