जनयुद्धले भेटगराएको गुम्दीकी सुनिताको सफलता

Avatar photo
Dhadingpost
शुक्रबार, पुस ७, २०७४

जनयुद्धको बेला धेरै जिल्ला,गाउँ बस्तिहरुमा पुगेँ प्रत्येक्ष जनासरोकारमा हातेमालो गर्ने यात्रामा धदिङको धेरै गाउँहरुमा पुग्ने अवसर पाएको थिएँ । पटक पटक पुगेको गाउँ मध्य एक हो गुम्दी । पुर्बी दक्षिण तिर अँखु खोला बगिरहेको,उत्तर तिर पर्यटकिय तथा धार्मिक स्थाल गंग जमुना अवस्थित छ, भने विभिन्न हिमालहरुको मनोरम दृश्य अवलोकन गर्न सकिने प्रकृतिको निक्कै सुन्दर बस्ती गुम्दीमा विभिन्न जात जातिहरु बसोबास छ । राजधानी काठमाडौ सङ्ग जोडिएको जिल्ला भएर पनि गुम्दी राज्यको पहुँच र सुबिधाबाट निक्कै दुर्गम नै छ । राज्य शासानमा पटक पटक केही परिवर्तन आए पनि गुम्दीलाई प्रयोग मात्रै गरे, यहाँको विकास निर्माण र सामाजिक न्याय जस्ताको तस्तै नै छ । राज्यको केहि ठेकेदारहरुको दिन र अनुहार फेरिए तर गुम्दीको अनुहार कहिल्यै फेरिन सकेन । यहाँको सामजसेवी कर्मठ शिक्षक योद्धा कृष्ण प्रसाद सिम्खडा (गोबिन्द) लाई तात्किालिन शाही सेनाले घरैबाट गिरफ्तार गरि अमानवीय तरिकाले चरम यातना दिएर हत्या गरेका थिए।

जन अदालतमा उजुरी
जनायुद्धको बेला ५९ सालको भद्र महिना तिर गुम्दीको माथिल्लो बेल्टबाट तत्कालीन जनसत्तामा एक पीडित महिलाको उजुरी आएछ । २४ वर्षिय सुनिता गुरुङ (तामाङ) तीन छोरी कि आमा रहेछिन्, छोरा नजन्माएको भनी श्रीमान्ले कुटपिट तथा बहु बिबाह गरेको भनि उजुरी गरेका थिए । पार्टी, जनसत्ता, जन अदालत र जनसेनाको प्रतिनिधिले स्थानीय टोल छिमेकीहरु, पीडित सुनिताको माइती, श्रीमान र सौता राखेर छ्लफल पछि जना अदालतले पीडित सुनिताको पक्षमा श्रीमान्को भोगचलनमा रहेको धनसम्पतीबाट छोरीहरुको पालन पोषण र शिक्षा दिक्षाको लागि श्रीमान्बाट गर्नु पर्ने र सुनिताको श्रीमान र सौताले जनासरकारको निगरानीमा ३ महिना सामाजिक श्रम गर्नुपर्ने कार्वाहीको निर्णय सुनाए । छोराछोरी दुबै समान हुन भन्ने चेतना गराए । जनासरकार को यो कार्वाहीको निर्णयले गुम्दीबासीले स्वागत गरे ।

सुनिताको पुनः कष्टकर
तीन महिनाको जनाश्रम कार्वाही पछि सुनितालाई ऋण खोज्न लगाएर श्रीमान् वैदेशिक रोजगारी लागे । महिनौ, वषौं विते ऋण खोजिदिएर बिदेश पठाएक श्रीमानले पैसा पठाउला, ऋण तिरउला र घर चलाउला भन्ने सुनिताले आशै मार्न छाडिन ।राम्रोसँग पुगे र काम सुरु गरे राम्रो छ भन्ने चिट्ठी बाहेक अरु कुनै खबर आएन सुनितालाई ।

०६० सालको अन्तिम तिर सुनिता दिदिको घरमा पुगिन् सुनिताको हलात निक्कै कष्टकर थियो । उत पैसा समयमा बुझाउन नसक्दाको पीडा र तीन नबालक छोरीको पालन पोषणको भारीले झन् थिच्दै थियो । म लगायत साथीहरूले अत्माबल बढाएर हिम्मत नहरेर काम गर्नु पर्छ, एउटा महिला गर्न नसक्ने केही पनि छैन भन्दै हौसला दिएको आझै लाग्छ । त्यो बाहेक हामी सङ्ग पनि केही दिन सक्ने अवस्थ थिएन । सुनिताले काठमाडौ तिर गएर आफै ज्यामी गरेर, भाँडा माझेरै भए पनि छोरीहरुलाई पाल्ने शिक्षा दिने कुरा गर्नु भयो । सुनिताको आँट सुनेर हामी पनि खुसी भयौं । तर काठमाडौमा सुनिताको आफ्नो भन्ने कोहि पनि रहेनछ जम्मा एक पटकमात्रा पुगेको रहेछ । माओवादी पार्टी र म प्रती केही सहानुभूति राख्ने केही नातेदार गार्मेन्टमा कार्यरत छ भन्ने थाहा पाएपछि सुनिताको उत्साह बढेछ । केहि दिनपछि काठमाडौ हिड्न लागेको सुनितालाई हामी जनासेनाको मासिक खर्च रु ३०० आउथ्यो त्यसबाट हामी ७ सदस्यहरुले गरि ५३० रुपैयाँ खर्च दिए र मैले गार्मेन्ट्को टेलिफोन नम्बर लेखेर दिए र साथमा सानो चिट्ठी लेखिदिए ।

सुनिताको काठमाडौं प्रवेश
काठमाडौ पुग्नसाथ मैले दिएको नम्बरमा फोन गरेछ । संकटकाल र सैनिक दमनको त्रसले मेरो आफन्तले अवेला सम्म के हो के हो भनेर लिन आएन छ, बल्ल बल्ल डराइ डराइ लिन आएछन् । मैले पठाएको चिट्ठी पढे पछि म पनि जिउँदै रहेछ भनेर खुसी भएछन् । सुनिता मैले नै पठाएको भन्ने बिश्वास पनि भएछ । गार्मेन्टको साहुलाई अनुरोध गरेर केही दिनपछि सुनिताले काम सिक्दै गर्दै गर्ने गरेर न्युनतम तलबमा काम पाइछिन् । यसरी नै एक वर्ष भित्रमा राम्रै प्रगति भयो तर सामन्य रूपमा जिबिकोपर्जन मात्र चलाउन सक्ने । अब फेरि केही आयआर्जन गर्नुपर्छ भन्ने सोच्दै गरेकी सुनिताको कोठा अगाडि एक दिन तराईबासी एक जनाले गाडामा मसलाहरु बेच्न आएछ, सुनिताले केही मसला खरिद गरेर तराईबासीको ब्यापारको तरिका र आम्दानी सोधेर आफ्नो दुःख बारेमा थोरै कुरा खोले पछि तराईबासीको मन छोएछ कुन्नी मसला ब्यापार सिकाइ दिएछ ।

सुनिताले काम नभएको दिनहरु र बिहान बेलुकी गरि गाडामा मसला बेच्न थालिछिन् । बिस्तारै ग्राहकहरु बनाए र गार्मेन्टको भन्दा राम्रो अम्दनी भएपछि ३-४ महिना पछि गार्मेन्टको काम छोडि दिनभरि बिक्रि भएको पैसा बुझाउने गरि लगातार मसला बेच्न थालेछ । यसरी नै करिब एक बर्ष जत्ति अरुबाट मसला ल्याएर बेचेको अम्दानीले ‌श्रीमानको ऋण तिरेर पनि केही बचत गर्न सफल भइछिन् । त्यसपछि सुनिता आफैले सटर लिएर दुईवटा डिक्स मेसिन (मसला पिध्ने घट्ट), बेसार, जिरा, धनिया, खुर्सानी जस्त अवश्यक समानहरुको थोकमा खरिद गरि प्याकिङको काम पनि सुरु भयो । जेठि छोरी ९ बर्ष र माइली ७ बर्ष पुरा भइन् र आमालाई सघाउ थाले ।सुनिताले उ जस्तै ४-५ जना महिलाहरुलाई रोजगार पनि दिइन् । अभाव, दुख कष्ट, हेल, अपहेलनाबाट हार नखाएर हिम्मतका साथ काम गरेकी सुनिताले यसरी नै सफलता हातमा प्रप्त गर्न थल्यो ।

शान्ति प्रक्रिया पछि ६३ सालको अन्तिम तिर सुनिता सङ्ग भेट हुँदा निक्कै खुसी भइन, मेरो र जनासेनाको रु ५३० को गुणको प्रसंसा गरिन उनले, यतिबेला सम्मा सुनिताको ब्यापार कारोबार १०–११ लाख जत्ती पुगिसकेको थियोे । बीचमा बेला बेला फोनमा कुरा भए पनि जनाामुक्ति सेनाबाट स्वेच्छिक अवकाश लिएर आए पछि ०६७ साल तिर काठमाडौंमा भेट भयो, यतिखेर सुनिताले ४–४ अनाको दुईवटा घडेरी पनि जोडि सकेको रहेछ भने श्रीमान् र सासुको उपचार र जेठी छोरी सरकारी स्कुलमा र दुई छोरीहरु बोर्डिङ पढाउदै रहेछ । आहिले पनि निरन्तर सम्पर्क र छलफल चलिनै रहेको छ । सुनिताले निरन्तर मसलाको ब्यापार र जग्गा किनबेचबाट काठमाडौ जस्तो महङ्गी ठाउँमा घर जग्गा जोडिसकेकि छिन् । उनले माइली छोरी स्टाफ नर्स पढाई रहेकी छिन् ।

मेरै सल्लाह अनुसार यसपटक eps बाट दक्षिण कोरिया मा नाम सफल भएकी छिन् कान्छी छोरी आउँदो वर्ष eps मा कोरिया आउदै छिन, सुनिताको वास्तविक भोगाइ र सफलताले गुम्दीलाई मात्रा नभएर सिङ्गो समाज, बेरोजगार भनिएका, पिडित दिदिबहिनीहरु, लगानीको अभाव छ भन्नेहरुले सुनिता जस्तो सफल पात्रहरुबाट सिक्नुपर्ने देखिन्छ । मिहेनत, लगाब, दुरदर्शिता, इमान्दारिताले नै सफलता प्रप्त गर्न सकिन्छ भन्ने उदाहरण सुनिता दिदिको जीवन कहानी प्रष्टएको छ ।

२०७४ पौष ७ गते
जितेन्द्र तामाङ