नेपाली टोली बंगलादेश प्रस्थान

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर २९, २०७४

धादिङ मंसिर २९ । पन्ध्र वर्षमुनि (यु–१५) च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बंगलादेशमा प्रस्थान गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्ट, अखिल नेपाल फुटबल संघका पदाधिकारी लगायतले उनीहरुलाई सफलताको कामना सहित नेपालबाट बिदाइ गरिएको हो ।

आगामी पुस २ गतेदेखि पुस ९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल सहित बंगलादेश, भारत र भुटानका पन्ध्र वर्षमुनि (यु–१५) महिला सहभागी छन् ।
पुस २ गते प्रतियोगिताको उद्घाटन खेल नेपालले बंगलादेशसंग सामना गर्ने भएको छ । त्यसैगरी दोस्रो खेल पुस ४ गते भारत र ६ गते भुटानसंग खेल्ने छ ।