धादिङबेसी मंसिर १० । धादिङ जिल्लाको १०९ मतदान स्थानमा भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचन उल्लासमय वातवरण सम्पन्न भएको छ ।
जिल्लाका २ लाख तेत्तिस हजार ५ सय ५ मतदाताहरुले २ निर्वाचन क्षेत्र, ४ प्रदेश शभा र समानुपातिकहरुका लागी १ सय ९ मतदान स्थलका२ सय ७५ केन्द्रहरुवाट मतदाताले मतदान गरेका छन् । । आज सम्पन्नभएको मतदानको गणना मंसिर २१ गते पछि हुने जनाइएको छ ।
जिल्लाका अधिकाँश मतदान केन्द्रहरुमा विहान ७ बजे देखि नै मतदाताहरुले लाईनमा बसेर मतदान गरेका थिए भने स्थानिय चुनावमा जस्तो लाइनमा भिड कुनै पनि मतदान केन्द्रमा देखिएको थिएन ।
प्रजिअ श्याम प्रसाद भण्डारीका अनुसार सडक सन्जालले नछोएका रुवीभ्यालीका सवै र खनियावास तथा गंगाजमुना गाउंपालिका समेत १२ मतदान स्थलका १७ केन्द्रका ५१ वटा मतपेटिका सोमवार हेलिकप्टर मार्फत मगाईने र अन्य सवै मतदान केन्द्रवाट रातीनै मतपेटिकाहरु सदरमुकाम ढुवानी गरि सक्ने वताए ।
जिल्लाको विकटउत्तरी भेकमा जाडोले मतदाताको न्युन उपस्थिती भए पछि मतपत्र वांडेर मत खसाल्ने विवाद भए पछि रुवीभ्यालीका २ मतदान स्थल र खनियावासको एउटा मतदान स्थलमा आईतवार अपरान्ह सम्म पनि मत खसेको थिएन ।
अपरान्ह सर्वदलिय सहमतीमा मतदान प्रकृया शुरु भएको प्रजिअ भण्डारीले वताए ।
शनिवार राती भिन्न गठवन्धनका कार्यकर्ताहरु वीच भएको भिडन्तमा खुकुरी प्रहारवाट खनियावास २ झार्लाङ्गमा स्थानीय माओवादी नेता रामवहादुर तामाङ्ग र मार्पाक का माओवादी कार्यकर्ता राजु थापा घाईते भएका थिए ।