धादिङबेसी कात्तिक २३ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी धादिङका कार्यकर्ता चेरोङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
धादिङबेसीबाट पक्राउ परेका चेरोङ तामाङ पक्राउको कारणबार प्रहरीले बताएको छैन, भने नेकपा धादिङले पनि कुनै प्रतिक्रिया जनाएको छैन ।
आशन्न मंसिर १० गतेको चुनाव बहिस्कार गरेपछि विप्लव नेतृत्वको नेकपा कार्यकर्ता निर्वाचन सम्पन्न गर्न चु्नौति हुन सक्ने आकलन गर्दै विप्लव कार्यकर्ता पक्राउ गर्न सुरु गरिएको आकलन गरिएको छ । रुविभ्यालीका चेरोङ तामाङ केहि वर्षदेखि नीलकण्ठ नपा ससाहमा बसाई सरेर बसोबास गर्दै आएका थिए ।
यो पछिल्लो समय धादिङमा विप्लव नेतृत्वको नेकपाले कुनै गतिविधि गरेको देखिएको थिएन । नेकपा धादिङका कुनै पनि नेताले फोन उठाएका छैनन् भने, जिल्ला प्रहरी कार्यलय धादिङले चेरोङ तामाङ सोधपुछको लागि पक्राउ गरिएको बताएको छ ।