शुक तामाङ,
धादिङ आश्विन १५ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकाको लापामा भएको साविकको गाविस स्तरीय फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
आश्विन १२ गतेबाट सुरुभएको १० टिम बीच प्रतिस्पर्धा भएको फुटबल प्रतियोगिताको शनिबार सम्पन्न भएको हो ।
तात्कालिन माओवादी जनयुद्धको आधार इलाकाको रुपमा रहेको सुन्दर बस्ती लापामा फुटबल समापन गर्दै कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्र धादिङका नेता मिम्बा तामाङले राजनीतिको बागडोर र दिशानिर्देश लापा जस्ता ग्रामिण भेग र विपन्न वर्गबाट हुने र पछि सहरिया अवसरवादबाट परिचालन हुने नेपाली राजनीति बिडम्बना भएको बताउनु भएको थियो ।
अवसरवाद अन्त्यका लागि माओवादी केन्द्रले स्थानिय तह पुनर संरचना गराई सिंहदरबारको अधिकार रुबीभ्याली सम्म ल्याएको छ अब विकासले गतिलिनेमा ढुक्क रहन आग्रह गर्नुभएको छ ।
रुबिभ्याली गाउँपालिका वडा नम्बर ५ ब्राङ्सद्वारा आयोजित मैत्रीपुर्ण फुटबल प्रतियोगिता रुबिभ्याली ५ साबिकको लापा ५ प्रथम, साबिक लापा २ र ३ दोश्रो , साबिक लापा ६ तृतीय र लापा ६ बि टिम सान्त्वना भएका थिए । पुरस्कृत टिमलाई प्रथम पुरस्कर नगद रु १५,०००, कप, मेडल र प्रमाणपत्र, दोस्रो नगद रु १०,०००, कप, मेडल र प्रमाणपत्र, तेस्रो नगद रु ६,०००, कप, मेडल र प्रमाणपत्र र सान्त्वना टिमलाई प्रमाणपत्र । रेफ्री ३ जनलाई मायाको चिनो प्रदान गरिएको थियो ।