धादिङ आश्विन ९ । नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति धादिङको अधिवेशनले रमेशमान तुलाधर अध्यक्ष रहनेगरि नयाँ नेतृत्व चयन गरेको छ ।
समितिको उपाध्यक्षमा धादिङपोष्टका खेलकुद पत्रकार अमृत तामाङ, सचिवमा रविन्द्र भुजेल, कोषाध्यक्षमा प्रदिप गिरी, सहकोषाध्यक्षमा दिनेश थापा मगर र सदस्यहरुमा दिलिप रेग्मी, कृष्ण भुजेल, डेनिड बिक सन्जिव भुजेल र गणेश कुमार श्रेष्ठ चयन भएका छन् ।
धुनिबेशी नगरपालिकाको प्रमुख बालकृष्ण आचार्य प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा धुनिबेशी नगर कमिटी ईन्चार्ज रामराजा पाण्डे र केन्द्रिय कृषि तथा भुमिसुधार विभागका सदस्य कुमार पाण्डे को आतिथ्यता रहेको थियो ।