धादिङबेसी अश्विन २ । जननिर्वाचित संविधानसभाबाट २०७२ आश्विन ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले “नेपालको संविधान २०७२” लार्इ हस्ताक्षर गरी अनुमोदन गरेसंगै संविधान सभाबाट संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा पुरा भएको थियो । यहि अश्विन ३ गतेलाई देशभार संविधान दिवसको रुपमा मनाउने गरिँदै आएको छ ।
संविधान दिवस मनाउने तयारीमा रहेको जिल्ला समन्वय समिति धादिङले सोमबार मैत्रिपूर्ण भलिबल प्रतियोगिता सम्पन्न गरेको छ ।
धादिङबेसी स्थित एड्भान्स एकेडेमीको खेलमैदानमा कर्मचारी, राजनीतिक दल, जनप्रतिनीधि र पत्रकारहरु बीच मैत्रिपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगिता अर्जुन गोरखाली क्याप्टेन रहेको राजनीतिक दलहरुको टिम प्रथम, कर्मचारीहरुको टिम दितिय, पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष नवराज छत्कुलीको नेतृत्वमा रहेको पत्रकारहरुको टिम तृतिय र जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, नलिकण्ठ नगरपालिकाका प्रमुख भिम ढुङ्गाना लगायतको जनप्रतिनीधिहरुको टिम सन्तोना भएका थिए ।
विजेता टिमलाई मंगलबार जिल्ला समन्वय समितिको सभाहलमा हुने संविधान दिवस विशेष कार्यक्रमका बीच पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।