तेरो सरुवा गर्दीम ??

Avatar photo
Dhadingpost
बिहिबार, भदौ २२, २०७४

कर्मचारी !!
बिहानको ९ संगै आफुलाई सजाउँछ निला,
सेतो कन्चन स्पस्ट र
दाग रहित रंगहरुमा अड्डााको कर्मचारी,
बाइ–बाइ वावा ! छोरी मुश्कुराउ छिंन पिंढीमा बसेर र
पुलुक्क हेर्छिन अर्धांगिनी सिडीमा उभिएर ।
उत्साहको बेजोड प्रवेगसंगै अड्डा छिर्छ कर्मचारी ।
खण्डहर भग्नावशेष जस्तै अजंगको अड्डामा बर्सौंदेखि थन्किएर बसेका
अड्डाहरु, कतिको हिसाव नमिलेर, किताव नमिलेर, बिधि अनि निधि निलेर ।
आफुलाई उभ्याऊछ बीचमा अनि सुरु गर्छ कलमको कारोवार ।
सिनेमा घरको ढोका खोल्ना साथ भिड गरे जस्तो एक हुल मान्छेहरु छिर्छन,
जथाभावी कुल्चदै, मिच्दै, फोहोर गर्दै, चिच्याउदै
अनि उफ्रिदै ठोकिन आईपुग्छन् उसको टेबलमा ।
उ सम्झाउन खोज्छ विधिको कुरा,
नियमको कुरा अनि शैलीको कुरा अहं मान्छेहरु बडो अजिव छन्,
सुन्न तयार छैनन् –सुनाउन चाहन्छन्
गर्न तयार छैनन् गराउन चाहन्छन् बदलिन तयार छैनन् बदल्न चाहन्छन्
तर्साउन्छन्, धम्काउन्छन्, निमोठ्छन् र चिमोठछन् ।
उ अड्डाको कर्मचारी
तेरो सरुवा गर्दीम ?? ५ कक्षा अनुत्तीर्ण मुन्द्रे धम्की सुनाउंछ ।
चुप–चाप सुनिरहन्छ र दौडाइ रहन्छ कलम आफ्नै सुरले
हजुर त सरकारी जागिरे रे, धेरै पैसा कामुनुहुन्छ रे है ?
छोरी सोध्छिन छिमेकीको भनाई उधृत गर्दै,
निलो अनुहार बनाएर श्रीमतीको मुहारमा हेर्छ र
झुकाउँछ शिर तल महिनौ देखि फाटीएको जुत्ता लगाएर हिडिरहेको खुट्टा तिर ।
फलानो कर्मचारीले त येसो गरेछ नि चर्को स्वोरमा रेडियो सुनाउंछ छिमेकी ।
अनि जिस्काको भावमा हेर्छ उसैतिर
नाजवाफ हुन्छ कर्मचारी ।
भित्र भित्रै कतै कुनामा बलिरहेको इमान्दारिताको दियो बाहेक केहि छैन उसंग ।
तर कोहि देख्न तयार छैनन् उसको इमान्दारिता,
कोहि सुन्न तयार छैनन् उसको लगनशीलता अनि आत्मा–सम्मान बढीमा उसकी अर्धांगिनी बाहेक ।
खवरदार !! सुख पूर्वक बाँच्ने अधिकार छैन तलाई,
न त रिसाउने,
न त चित्त दुखाउने इजाजत तलाई छ,
शान्तपूर्वक तनाव रहित बस्ने अधिकार त झन् तलाई छदै छैन ।
किन कि तँ मान्छे होइनस, कर्मचारी होस्
येस्त–येस्तै भनेर धम्काउन्छन् मतियारहरु,
संधियारहरु अनि अख्तियारहरु …..
कठै अड्डाको कर्मचारी !!!

(निजामति दिवसको शुभकामना )
सुमन गिरीको फेसबुकबाट