धादिङबेसी भाद्र २२ । धादिङबेसी खुल्लामञ्चमा आयोजित फुटबल प्रतियोगितामा जनप्रतिनिधि सँग कर्मचारी पराजित भएका छन् ।
१४ औं निजामति सेवा दिवसको अवसरमा धादिङबेसीमा भईरहेको विभिन्न कार्यक्रम अन्तरगत आज भएको फुटबल प्रतियोगितामा कर्मचारीहरु दलका नेता तथा जनप्रतिनीधि सँग पराजित भएका हुन् ।
आज भएको फुटबल प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारी र जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।
प्रतियोगितामा कर्मचारीहरुको नेतृत्व सहायक प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले गर्नुभएको थियो, भने दल तथा जनप्रतिनीधिहरुको नेतृत्व नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाले गर्नुभएको थियो ।
नेकपा एमालेका नेताहरु खेम लोहनी, भुमि त्रिपाठी, माओवादी केन्द्रका रामबहादुर भण्डारी लगायतको उपस्थितिमा भएको फुटबल प्रतियोगितामा दल तथा जनप्रतिनीधिहरुको तर्फबाट जगननाथ नेपाल, कृष्ण प्रसाद अर्याल, भिमप्रसाद ढङ्गाना, मनराज भण्डारी लगायतले प्रतियोगितामा भग लिएका थिए ।
प्रतियोगितामा जनप्रतिनीधिका तर्फबाट पहिलो गोल नीलकण्ठ नगरपालिका ४ का वडा अध्यक्ष गौतम अधिकारीले गरेका थिए भने (दोश्रो र अन्तिम) २ गोल अर्जुन गोरखालीले गरेका थिए । यस्तै अमृत तामाङ र राजन भण्डारीले १-१ गोल गरेका थिए दलका तर्फबाट खेलेका सरोज पाण्डेले विपक्षबाट आएको गोल बचाउ गर्दा आत्मघाती गोल गरी कर्मचारीको खातामा गोल प्लस गरि दिएका थिए ।
कर्मचारीको तर्फबाट जिल्ला आयोजना कार्यालय इकाई (शिक्षा) का कर्मचारी सुनिल गौतमले एकल ३ गोल गरेका थिए । धेरै प्रतिस्पर्धातमक देखिएको खेल ६० मिनेट खेलमा दल सँग कर्मचारी १ गोलले पछाडी खेलमा पराजित भए ।
निजामति सेवा दिवसको अवसरमा मंगलबार निबन्ध प्रतियोगिता र कार्यालय परिसर सर सरफाईको आयोजना गरिएको थियो भने विहिबार जिल्ला अस्पतालमा रक्तदान कार्यक्रमगरी यो वर्षको दिवस समापन गरिने बताईएको छ ।
गत वर्षको समाचार
१३ औं निजामति सेवा दिवस