बाटो मर्मत भन्दै धादिङबेसी-आरुघाट, खहरे सडक ९ दिन बन्द

Avatar photo
Dhadingpost
मङ्लबार, साउन ३, २०७४

धादिङबेसी साउन ३ । सडक मर्मत भन्दै धादिङबेशी-आरुघाट, टारीबेशी सडक खण्डमा सवारी बन्द गरिएको छ ।

विगतका वर्षहरुमा जिल्ला विकास समितिले वर्षाको समयमा यातायात संचालनमा रोक लगाउँथ्यो तर यो वर्ष भने यातायात व्यवसायीहरुले नै सडक मर्मतको बहान बनाई यातायात बन्द गरेका छन् ।

यता जिल्ला निर्वाचन कार्यालयले साउन १५ गते सम्म मतदाता नामावलीमा नाम छुट भएकाहरुको नामावली संकलन गर्न उर्दी जारी गरेको छ भने यातायात व्यवसायीहरुले बाटो मर्मत भन्दै यहि समयमा यातायत बन्द गरेपछि स्थानियहरु मर्कामा परेका हुन् । जिल्लामा आबद्ध यातायात ब्यवसायी संघहरु ग्रामिण यातायात , धादिङ यातायात र धादिङ ढुवानी संघ, धादिङले, नीलकण्ठ नगरपालिकाको अनुमति लिई ३ गते देखि १२ गते सम्म सडक मर्मत सम्हारका लागि उक्त सडकमा सवारी साधन संचालनमा रोक लगाएको बताएका छन् ।

यो साउन ३-१२ गते सम्म मर्मत भनेका छन् १४ गते हेरुम बाटो कस्तो मर्मत हुँदो रहेछ । १४ गते पछि पनि हुने केहि होइन, यातायतमा सिण्डिकेट छ, चल्न सक्ने र इच्छा लाग्नेहरुलाई समेत चल्न नदिने गरी सडक बन्द गरिनु गैर कानुनी र शक्तिको दुरुपयोग भएको धादिङका एक कानुन व्यवसायीले बताए ।

यत्तिका दिन के को मर्मत, यो सव नाटक हो, जिल्ला प्रशसन मुक दर्शक बन्नु हुन्न ग्रामिण सडक सुधार आवश्यक छ तर बन्द गरेर होईन तत्काल सडक सुचारु गरी स्थानीयहरुलाई सहयोग गरिनु पर्ने ति व्यवसायीले धादिङपोष्टलाई बताए ।