“भूकम्प प्रतिकार्यमा रेडक्रस” यात्रा सम्झना

Avatar photo
Dhadingpost
बिहिबार, असार २२, २०७४

आफैमा महत्वपूर्ण, रोचक र ज्ञानवर्धक दिव्य दृष्टिकोणको नाम नै यात्रा हो । यात्रा बोझिलो, झन्झटिलो, कष्टकर र विरशिलो हुनसक्छ । यात्राको उल्लेखनीय पाटो भनेको हरदिनको दिनचर्या, देखे, सुनेका घटना, पारस्परिक भेटघाट, कुराकानी, गरिएका महत्वपूर्ण प्रगति विवरण, लेखाजोखा, समिक्षा, ऐतिहासिक स्थानको वर्णन, अवलोकन आदि ।

यात्राको पाटोलाई दैनिकीमा कोर्दै जानाले भविष्यमा कृतिका रुपमा रहन सक्ने भएकाले सर अल्बर्ट आइन्सटाइन, म्याडम क्यूरी, माइकल फ्यारडे, लक्ष्मीप्रसाद देवकोटा, माधव प्रसाद घिमिरे, पारिजात जस्ता वैज्ञानिक एवब् साहित्यिक प्रतिभाका धनि व्यक्तित्वहरुले दिन प्रतिदिनको प्रगतिको दिनचर्याका रुपमा लेख्दै आफ्नो लक्ष्य सम्म पुगेर वैज्ञानिक एंव साहित्यिक क्षेत्रमा दिग्गज बने ।

उल्लेखित पाटोमा त हामी पुग्न नसकौला तैपनि नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखा अन्तरगत भूकम्प प्रतिकार्य कार्यक्रमको सहयोगमा २०७२ साल वैशाख १२ गते गएको महाविनासकारी भूकम्पले धेरै धनजनको र ऐतिहासिक धरोहरको क्षति हुन पुगेको १४ जिल्ला मध्ये मकवानपुर, सिन्धुली र रामेछापको अवलोकन भ्रमण गर्ने थियो । तर पनि भ्रमणका क्रममा बाटामा पर्ने रेडक्रस शाखा एंव उपशाखाहरुका गतिविधि बारेमा पनि जानकारी लिनु र तिनीहरुले गरेका कार्य आवास निर्माण, स्वास्थ्य, खानेपानी तथा सरसफाई र जिविकोपार्जनका प्रगतिहरुका विषयमा लेखाजोखा र अवलोकन गर्नु पनि महत्वपूर्ण पाटो थियो । यसरी हाम्रो गन्तव्य भनेको धादिङ, मकवानपुर, बारा, रौतहट, सर्लाही, महोत्तरी, सिन्धुली, रामेछाप, दोलखा, काभ्रे, भक्तपुर, ललितपुर र काठमाण्डौं हुँदै धादिङ फर्कनु थियो र सम्भव भए सम्म धनुषा, ओखलढ्ङ्गा र सिन्धुपाल्चोक जान सक्ने लक्ष्य थियो ।

त्यसैले धादिङ शाखाको पूर्व घोषित निर्णय स्थानीय तहको निर्वाचन २०७४ वैशाख ३१ को कारणले वैशाख २५, २६ र २७ को स्थगित भ्रमण जेष्ठ १४,१५ र १६ गतेलाई जुराइयो । उक्त १४ गते विहान ६ः३० बजे आइतबार शुभ वेलामा धादिङ शाखाबाट एउटा उमङ्ग, उत्साह, एवम् उल्लास का साथ नयाँ सपना र कल्पनामा तरिङ्गत हुँदै लामो यात्राको योजना अनुसार अगाडि बढ्नु थियो ।

हाम्रो यात्रामा जिल्ला शाखाका सबै सदस्यहरु मध्ये सभापति सीताराम कोइराला, उपसभापति नारायण प्रसाद तिमल्सिना, मन्त्री कृष्ण कुमार श्रेष्ठ, कोषाध्यक्ष दुर्लभ कुमार तामाङ, उपमन्त्री नेम बहादुर श्रेष्ठ, उप कोषाध्यक्ष भेषराज नेपाल, सदस्य लक्ष्मी शाह, सदस्य यम बहादुर वानियाँ, जयराम थापा, देवराज धरेल, नारायण कुमार श्रेष्ठ, सोम्वले (अक्कल) तामाङर पूर्व सभापति एंव वर्तमान सदस्यमा केशरी प्रसाद पन्त गरी १३ जना, उपशाखाहरु मध्ये लापाका सभापति मिम्वा तामाङ, दार्खाका सचिव रमिता पाख्रिन, फूलखर्कका सचिव अर्जुन प्रसाद नेपाल, त्रिपुरेश्वरका सभापति कृष्ण कुमार श्रेष्ठ, मार्पाकका सभापति काजीराम अधिकारी, सेमजोङका सभापति बल बहादुर तामाङ, कटुन्जेका सभापति मोहन धमला, धुँवाकोटका सभापति नवराज दुवाडी, सुनौलावजारका सभापति दिपक श्रेष्ठ, नीलकण्ठका सभापति रामहरि अधिकारी, मुरलीभञ्ज्याङका सभापति नीर बहादुर गुरुङ, चैनपुरका सभापति बाबुराम छत्कुली, ढोलाका सभापति रामकुमार श्रेष्ठ, नलाङका सभापति टंकनाथ खनाल, धुषाका सदस्य नवराज थपलिया, गजुरीका सदस्य सर्मीला र्याल्, वैरेनीका सभापति साम्वराज खतिवडा, किराञ्चोकका सभापति सूर्य तामाङ र केवलपुरका सभापति भरत कोइराला गरी जम्मा १९ जना, शाखाका कर्मचारी भूकम्प प्रतिकार्य कार्यक्रमका लेखा अधिकृत जितेन्द्र राजकर्णिकार, जुनियर इञ्जिनियर रवि लामिछाने, बरिष्ठ प्रशासक शुशिला श्रेष्ठ, कल्लेरी कार्यक्षेत्रका सामाजिक परिचालक कल्याण अधिकारी, कार्याल्य सहायक कृष्ण पोखरेल, विजय तामाङ र भद्रलाल पोखरेल, शाखाका गाडी चालक टीका बहादुर तामाङ गरी ९ जना र ग्रामीण यातायातका चालक र सहचालक २ जना गरी हाम्रो यात्रामा जम्मा ४३ जना सहभागी थिए ।

भनिन्छ यात्रामा साइत हेरे निस्कनु पर्छ नत्र सोचेकोे, आँटेको र चिताएको कुरा पूरा हूँदैन । हुनपनि त्यस्तै भयो ६ः३० को आइतवार विहानीको शुभ साइत उद्धेग वेला केही साथीहरुलाई कुर्दा ढिला भयो तर पनि चैनपुरका सभापतिलाई छोडेर जान बाध्य हुनु प¥यो । रेडक्रसको र ग्रामीणको गरी २ वटा गाडीमा हामी ७ः१५ वजे धादिङवेसीबाट प्रस्थान ग¥यौ र ९ वजे नौविसे पुग्यौ । त्यहाँ चिया नास्ता खाएर ९ः३० वजे त्रिभुवन राजपथ (सात घुम्ती) को बाटो टिस्टुङ, पालुङको मनमोहक दृश्य अवलोकन गर्दै दामन हाइटमा पुग्यौ र गौरीशंकर होटलमा १२ वजे खाना खायौं । २३२२ मीटरको अग्लाईमा रहेको दामन भ्यू टावरको रमणीय दृश्य अवलोकन गर्दा गर्दै चैनपुरका सभापति पनि आइपुग्नुभयो । र १२ः४० वजे थानकोट देखि भैंसे दोभानसम्मको ७२ माइल लामो वि.सं. १९५३ मा निर्माण भएको त्रिभुवन राजपथ हुँदै हेटौडा तर्फ लाग्यौं ।

२४८८ मिटर अग्लाईमा रहेको जहाँ हजारौं युवा युवतीहरु वर्षको एकचोटी अथवा हिउँ परेको बेलामा हिउँ खेल्न, हेर्न जाने सिमभञ्ज्याङ हुँदै हरियाली पहाड, कन्दरा, वन जंगलको बाटो, छिचेल्दै लामीडाँडा, भैंसे दोभान, सुपारेटार साथै हेटौडा पुग्यौ । ३ः२० वजे मकवानपुर जिल्ला शाखाका सभापति सूर्यचन्द्र न्यौपाने लगायत साखाका पदाधिकारीहरुका साथै सदस्यहरु एंवम् भूकम्प प्रतिकार्य कार्यक्रमका टोलीहरुद्वाराको भव्य स्वागत सहित हलमा केही समय विभिन्न गतिविधि बारे दोहोरो छलफल ग¥यौ । सडक विस्तारले पुरानो रेडक्रस भवन भत्काउनु परेको र रेडक्रसलाई NGO सरह हेर्ने गरिएको भन्ने कुरा चुनौतीका रुपमा रहेको सभापतिको धारणा पश्चात् चिसो सौगात पियर ४ः३० वजे हेटौडाबाट पथलैया, बर्दिवास हुँदै धनुषाको गन्तव्यलाई समयाभावले विट मार्दै रातको सुनसान वातावरणमा वरपरको अवलोकन पनि पर्खाल बन्दै राती ८ः४५ वजे सिन्धुली कमलामाई नगरपालिका ढुंग्रेवासमा पुग्यौ र त्यही हाम्रो आवास र खानाको व्यवस्था मिलाइएको थियो ।

आ–आफ्नो आवासको कोठा लिदैं केही समय स्फुर्त हुँदै ९ः३० वजे खाना खाइ पहिलो दिनको रमाइलो यात्रा भोलिको शभु पर्खाइमा २ प्रहर रातको विश्राम लिनु थियो, तर दुखद् समाचार प्राप्त भयो । धादिङबेंसीबाट खहरे जाँदै गरेको बस ज्यामरुङको भकारे भन्ने ठाउँमा विग्रदा र अर्को बस फेर्ने क्रममा बस भिरबाट पल्टदा घटनास्थलमा ३ जनाको मृत्यू र धेरै जना घाइते हुँदा त्रिपुरेश्वरका सभापति कृष्णकुमार श्रेष्ठ र त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं.–७, का अध्यक्ष देवराज धरेल घटना सम्बन्धी विवरण बुझ्न भोलिपल्ट १५ गते विहान ती दुई जनाले भ्रमण स्थगित गरी काठमाण्डौं जाने तय गर्नुभयो ।

१५ गते विहान आ–आफ्नो नित्यकर्म सकेर चिया नास्ता गरी सिन्धुली शाखाका सभापति अशोक श्रेष्ठ गणतन्त्र दिवसको ¥यालीमा व्यस्त हुनु परेको कारण र हामी पनि समयको सदुपयोग गर्दै ७ः२५ वजे प्रसिद्ध धार्मिक स्थल कालीमाई र कमलामाईको दर्शन गर्ने अवसर प्राप्त भएकोमा खुसी हुँदै मन्दिर गयौं र फर्किएर त्यहाँ रहेको ERO को कार्यालय निरीक्षण पश्चात ८:५० वजे बसेकै होटलमा शाखाका सभापति अशोक श्रेष्ठ लगायत अन्य सदस्य एंव कर्मचारीको उपस्थितिमा खादाद्वारा सम्मान लिँदै निजी घरहरु सितलपाटी गा.वि.स.मा निर्माण भइरहेको वाख्रा र वंगुर पालन, तरकारी खेति, स्वास्थ्य चौकी भवन निर्माण, जनचेतनामूलक तालिम संचालन, खानेपानी तथा सरसफाइ, शौचालय निर्माण, स्वीस सरकारको सहयोगमा १६ वर्षसम्म आँखा शाखामा अस्पताल संचालन, रक्त संचार केन्द्र, जि.वि.स.को सहयोगमा १०० वटा भोलुंगे पूल निर्माण, वल्र्ड भिजनको सहयोगमा ५ वटा विद्यालय भवन निर्माणको जानकारी लिँदै धादिङ सभापतिबाट मन्तव्य सहित समापन भएकोले विदावादी भई सितलपाटी गा.वि.स.मा निर्माण भएको निर्माणाधिन नीजि घरहरु अवलोकन गर्न १०ः३० वजे त्यहाँबाट अगाडि बढ्यौ ।

जापान सरकारद्वारा निर्मित बर्दिवास वनेपा सडक दायाँ वाँया अति आकर्षक र मजबुत ढंगबाट बनेको नागबेली आकारको वि.पी. राजमार्गको सेल्फी डाडा पुग्यौ त्यहाँबाट देखिने चारै तर्फको मनमोहक दृश्य अवलोकन गर्न र सेल्फी फोटो लिन त्यहाँ उत्रियौँ, केही समयको अवलकोन पछि सिन्धुलीगढीको सपना बोक्दै अगाडि बढ्यौ र ११ः४० मा सिन्धुलीगढी द्वारमा पुग्यौं । त्यहाँ गाडी साइड लगाइ पैदल हिँड्दै गढिको उकालो चढ्यौ करिव १० मिनेटको पैदल उकालो चढेर हाम्रा वीर पुर्खाहरुले दुस्मनलाई पराजय गर्न बनाएको ढुंगे पर्खाल, त्यसमा निर्मित गोली चलाउने प्वाल, पानी खाने इनारका भग्नावशेसको अवलोकन गर्दै फेरी ओरालो झ्यौं । केही समय तेस्रो हिँडेर सिन्धुलीगढी दरवार पुग्यौं । दरवारको भग्नावशेस भत्किएको गारो मात्र, त्यति बेला पनि अति बलियो इटाको २४ इन्च भन्दा बढी मोटाईको गाह्रो भएको दरवार कमलामाई नगरपालिका सिन्धुलीमा उल्लेखित बोर्डमा “अंग्रेज साम्राज्यको अवसान, सिन्धुली गढी हाम्रो पहिचान” भन्ने लेखिएको मात्र भेटियो ।

अन्य विस्तृत लेख सहित तिथि, मिति कसको पालामा निर्मित भनि उल्लेख भएको भए र त्यसलाई संरक्षण गरी पर्यटन प्रवर्धन गर्न सकेमा यसको पुरातात्विक महत्व बढ्नेमा दुइमत हुनेछैन र प्रवेशद्वारबाट गढीसम्म मोटर बाटो विस्तार हुँदै रहेछ त्यो पुरा भएपछि झन गढीको महत्व बढ्नेछ भन्ने आसा राख्दै त्यहाँको सुन्दर चारैतर्फको मनमोहक दृश्य र भू–बनोटको कारणले पनि हुन सक्छ गायकहरुले सुरिलोभाकामा “सिन्धुली गढी नि घुमेर हेर्दा सुन्तली मै कतिमा राम्रो दरबार मारुनीे नी मायाले मा¥यो” भनेर गीत गाएको आज पनि त्यतिकै महत्व छ । एक रोचक पक्ष के देखियो भने करीव २०००–२५०० मीटर अग्लो सिन्धुली गढीमा सडक खन्दा बालुवा कसरी त्यहाँ आयो अथवा बालुवै बालुवाको डाँडो कसरी बन्यो के परापूर्व कालमा नेपाल खण्ड टेटिथ सागर थियो र भूकम्पका कारण समुन्द्रको पीँध उठेर नेपालको भूभाग बनेको भन्ने सत्य हो कि ? जस्तो कुरामा छलफल पनि भयो । विहानको १२ः३० बजी सकेको र खाना खाने स्थान फुर्कोट पुग्न अझ १ घण्टा लाग्ने भएकोले त्यहाँ काँक्रो किनेर सबैले १\१ चिरा खायौ र १२ः४५ मा सिन्धुली गढी प्रवेशद्वारबाट फुर्कोट तर्फ लाग्यौं ।

रमाइलो यात्रा सुन्दर दृश्यहरुको अवलोकन गर्दै दिनको १:२५ बजे पुर्वेली होटल फुर्कोट पुगी लोकल माछाको स्वादसँग टन्न भात खायो र २.१५ बजे सुनकोही उपशाखा सितलपाटी पुगेर भूकम्प प्रतिकार्य कार्यक्रम अन्तरगतको १ अति सुन्दर काठ प्रयोग गरी बनाएको ४ पाखे अफिस संचालन भएको घर, १ नव निर्माण भै रहेको उपशाखा भवन हेरी केही समय त्रिपाल मुनि बसेर उपशाखा सभापति र कर्मचारीहरु सँग परिचय गरी कामको बारेमा छलफल भयो । साह्रै गर्मी भएकोले त्यहाँ नजिकै बनिसकेका र बन्दै गरेका निजी घरहरु हे¥यौं । जहाँ ८८० घरहरु बनाउनु पर्ने रहेछ र ८५३ सम्झौता भइसकेको जानकारी पायौं । बनाउने तरिका हाम्रो धादिङमा र त्यहाँ अलि फरक पायौं किनभने धादिङमा भन्दा त्यहाँ अलि हल्का फुल्का प्राविधिक सल्लाह भएको देखियो । घर निर्माण गर्दा अनिवार्य शौचालय निर्माण र सोलार जडान गर्नु पर्ने रहेछ त्यस पछि मात्र अन्तिम एक लाख किस्ताको रु २५,००० बाँकी पाइने रहेछ अति राम्रो निर्णय भएको पायौं । त्यहाँबाट विदा हुँदै दोस्रो दिनको बास रामेछापको मन्थली थियो ४ः३० बजे त्यतातिर प्रस्थान ग¥यौं ।

जापानले बनाएको सुन्दर पक्की सडक छोडेर फेरि कच्ची सडक हुँदै करीव १ घण्टाको दुरी पार गर्दै मन्थली बजार पूग्यौ बाटो १ तर्फी रहेछ १ मिनेटको बाटो पार गरी रामेछाप शाखा पुग्नेमा १०–१५ मिनेट घुमाउरो बाटो घुमी शाखामा पुग्यौं । शाखाका सभापति शिव कुमार कार्की, मन्त्री जय प्रकाश श्रेष्ठ लगायत अन्य सदस्य एवम् ERO कर्मचारीहरु स्वागतका लागि तयार भै सक्नु भएको रहेछ । छतमा नै मञ्चको व्यवस्थापन, परिचय कार्यक्रम पश्चात सम्झना ढकालबाट मन्थली नगर पालिका १ माझी बस्तीमा निजी घरहरु निर्माण, स्वास्थ्य, खानेपानी तथा सरसफाई अन्तरगत लिफ्टद्वारा पानी संचालन, जिविको पार्जन जस्ता अत्यावश्यक कार्यक्रम संचालन भै रहेको जानकारी गराउनु भयो भने भ्रमण टोलीबाट ERO जुनियर इन्जिनियर रवि लामीछानेद्वारा धादिङको कार्यक्रम प्रस्तुत गरे पश्चात ७ः०० बजे कार्यक्रम समापन गरी योजना अनुसार ३ वटा होटलमा आवास र खानाको व्यवस्था भयो ।

त्यति राम्रो होटलहरु न भएकाले जसरी भए पनि जना गन्ती गरी खान बस्नको व्यवस्था त गर्नु नै थियो सोही अनुसार साथीहरु आ–आफ्ना होटेलमा जानुको साथै हामी ९ जना होटल सौगातमा ७ः३० बजे प्रवेश ग¥यौं । हामी बसेको कोठा एटेज बाथरुम नभए तापनि एक रात त खानु र सुत्नु अवश्य नै थियो ९ः१५ बजे होटल मालिकले राम्रै खानाले स्वागत गरे, खाना खाइ सकेपछि ३ वटा वेड भएको कोठामा सभापति, कोषाध्यक्ष र म सुत्नको लागि तयार भयौं भुसुना, लामखुट्टेको टोकाइ खाइन्छ कि भन्ने डर थियो, किनभने समय मै त्यहाँका सभापतिले यहाँका मच्छडहरु छुचाछन् भन्नु भएको थियो तर अतिथिहरुको स्वागत ती भुसुना र लामखुट्टेले शुरुमा त गरे तर पछि कता गए पत्तो पाइएन ।

जेष्ठ १६ गते भ्रमणको तेस्रो दिन ओखलढुङ्गा जान नपाएका कारण कही साथीहरुमा असन्तुष्टी देखियो । विहान ७ः०० बजे नास्ता खाएर खिम्ती ६० मेघावाटको जलविद्युत परियोजना हेर्न दोलखा बेसी ८:१५ बजे रामेछापका सभापति र मन्त्री सहित पुग्यौं ।

परियोजनाका व्यवस्थापकसँग अनुमती लिई २ समुहमा विभाजन गरी त्यहाँका गार्ड कमान्डरका साथ लाइफ जाकेट र हेल्मेट लगाई पहिलो समूहमा म लगायतका साथिहरु १ किलो मिटरको सुरुङभित्र रहेको जलविद्युत गृह अवलोकन गर्न प्रस्थान ग¥यौं । १५ मिनेट जान १० मिनेट अवलोकन गर्न र १५ मिनेट फर्कन समय लाग्दो रहेछ ।

सुरुमा प्रवेश गर्दा केही त्यस्तो महसुस भएन, बीचमा पुग्दा तापमान बढे जस्तो र विद्युत गृहको पानी फाल्ने ठाउँमा पुग्दा एकदम चिसो अनुभव बटुल्दै दाहिने तर्फ भ¥याङ चढ्दै ५ वटा १२–१२ मेघावाटको टर्वाइन हेर्दै गार्डको विफ्रिङ सुन्दै १० मिनेटको अवलोकन पश्चात् देब्रे साइड हुँदै बाहिर निस्कयौं । २०५७ चैत्र १२ गते नर्वेजिन सहयोगमा निर्माण भएको उक्त परियोजना के हेर्नु छ र अन्तको जस्तै विद्युत गृह त होला भन्ने साथीहरु त्यो हेरे पश्चात नआएको भए त मौका नै गुम्ने रहेछ भन्दै त्यहाँबाट फर्केर मन्थली बजारमा सभापति र मन्त्री मन्त्रीलाई छोडी विदा भै ११ः१० बजे विहानको खाना खान फेरी फुर्कोट पूर्वेली होटलमा १२ः१० मा पुयौं खाना खाएर १२ः४५ बजे पुनः वि.पि. राजमार्ग हुँदै बाटामा पर्ने सिन्धुलीको दुम्जा, नेपालथोक हुँदै काभ्रै जिल्ला प्रवेश ग¥यौं ।

मंगलटार, रोसी गाउँपालिकाको भकुन्डेबेसी, काभ्रे भञ्ज्याङ हुँदै धुलीखेल पनौती हेदै ४ः०० बजे बनेपा स्थित काभ्रे शाखामा प्रवेश ग¥यौं । हलमा बस्ने व्यवस्था सहित शाखाका सभापति रघुवीर चौप्रधान मन्त्री, कोषाध्यक्ष, ERO कर्मचारीहरु सित दोहोरो परिचय भयो ।

उक्त साखाका कार्यक्रमहरुमा साविकका ३ गा.वि.स. कार्यक्षेत्र, क्षमता विकास कार्यक्रम, विउ पुँजी कोष निर्माण, कम्जो परिवार पहिचान र सहयोग, सामुदायिक विपद् व्यवस्थापन समिति गठन सम्बन्धी शाखाको जानकारी पश्चात् धादिङको पनि कार्यक्रम प्रस्तुत गरी ५ः०० बजे त्यहाँ बाट भक्तपुर हुँदै काठमाण्डौं पुग्यौं, त्यहाँ आवश्यक कामपर्ने साथीहरु लाई छा्ड्दै ८ः०० बजे धादिङको धार्के बजारमा बेलुकाको खाना खाई १०ः१५ बजे धादिङ बेंशी आइपुग्यौं । उत्तरी क्षेत्रका र घरजान नसक्ने १० जना साथीहरुलाई मेघा होटलमा सुत्ने व्यवस्थाका साथ ३ दिनको सुखद् भ्रमण समापन गरियो ।

वास्तवमा भ्रमण उपलब्धी मूलक र फलदायी भएको स्मरण गराउँदै कोही कसैलाई पनि स्वास्थ्यमा असर नपर्नु, मौशम ले साथ दिनु सबभन्दा खुसीको कुरा लिन सकिन्छ । यो महत्वपूर्ण र फलदायी भ्रमणको अवसर प्रदान गरी सहयोगको व्यवस्था मिलाउने धादिङ शाखा अन्तरगत भूकम्प प्रतिकार्य कार्यक्रमका समस्त परिवारलाई विशेष गरेर म धन्यवाद दिन चाहन्छु साथै समस्त भ्रमण टोलीद्वारा पनि आभार व्यक्त गर्न चाहन्छ । जय रेडक्रस

केशरी प्रसाद पन्त
पूर्व सभापति एवम् हाल कार्यसमिति सदस्य