धादिङ जेष्ठ २४ । धादिङबेसीको सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकालाई स्मार्ट शहरको रुपमा विकास गर्ने जननिर्वाचित प्रतिनीधिहरुले निर्णय गरेका छन् ।
जनर्वाचित जनप्रतिनीधिहरुको पहिलो पूर्ण बैठकले नगरपालिकालाई स्मार्ट शहरको रुपमा विकास गर्ने गरि प्रारम्भिक विकासका कार्यहरुलाई सुत्रवद्ध गर्ने गरि विभिन्न निर्णयहरु गरेको पत्रकार सम्मेलन गर्दै जानकारी गराइएको हो ।
मेयर भिम प्रसाद ढुङ्गानाले नीलकण्ठ नगरपालिकाको विकासलाई अब दु्रत गतिमा अगाडी बढाइन्छ नगरबासीका हरेक नागरिकलाई तपाई मेयर भए पहिलो काम के गर्नु हुन्थ्यो भन्ने जिज्ञासा राख्ने गरेको र ति उत्तरहरु आफ्नो निर्वाचित टिमलाई मार्गनिर्देश हुने समेत बताउनु भएको थियो । पत्रकारहरुको जिज्ञासामा मेयर ढुङ्गानाले ५ वर्षको लागि यस नगरपालिका भित्र रहेका सबै सरकारी कार्यालयहरुमा विस्तारै जनता सम्म द्रुत गतिको निःशुल्क इन्टरनेट सेवा विस्तारको अन्तिमा तयारी भएको तर संस्थागत रुपमा सेवादायीक संस्था सँग सम्झौता गर्न बाँकी रहेको समेत उहाँले बताउनु भयो ।
पहिलो बैठकको मुख्य नारा
1. नीलकण्ठ नगर स्वच्छ, हराभरा र समृद्ध तिर्खा मुक्त स्मार्ट शहर ।
2. एक वडा एक पहिचान, प्रयोग गरौ हाम्रै उत्पादन ।
3. नीलकण्ठ नगरपालिका को पूर्वाधार र विकास
बैठकको निर्णय सार्वजनिक गर्दै मेयर ढुङ्गानाले अहिले सुक्ष्म अध्ययनमा छौ । चुनावी खेल सकिएको छ अब राजनीति भन्दा माथि रहेर सबै दलहरुको सहमति र सहकार्यमा आफु अगाडी बढ्ने बताउँदै हरेक महिनाको ७ गते नगरपालिकाको कार्यविवरण सार्वजनिक गरिने समेत बताउनु भएको थियो । पत्रकार सम्मेलनमा उपमेयर मनराज भण्डारी कार्यलयका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
पहिलो पूर्ण बैठकको निर्णय जस्ताको तस्तै
स्थानीय तह निर्वाचन २०७४ पहिलो चरणको निर्वाचन सम्पन्न भई निर्वाचित प्रतिनिधीहरु बहाल भई सकेको अवस्थामा स्थानीय शासन संचालन ऐन जारी नभएको अवस्थामा स्थानीय सेवा प्रभाहलाई थप सहज र प्रभावकारी बनाउन ऐन जारी नभए सम्म काम कारवाही विना रोकतोक अघि बढाउन नेपाल सरकारले मिति २०७४/०२/१७ गते स्थानीय तहको सेवा संचालन तथा व्यवस्थापन सम्बन्धी आदेश २०७४ जारी गरेको छ । सो आदेशमा स्थानीय तहले गर्नुपर्ने भनी संविधानमै व्यवस्था गरेका कार्यहरुलाई नेपाल सरकारले स्वीकृत गरेको कार्य विस्तृतीकरणहरुको सूचि २२ वटा मुल शिर्षकमा विभक्त गरि कार्यान्वयन गर्न मार्गदर्शन गरेको परिपेक्षमा सोही मर्म अनुसार कार्यहरु सम्पादन गर्न र सेवाप्रवाह प्रभावकारी बनाउने कार्यमा यस नगरपालिका ढृड र प्रयासरत रहेको छ । यसै सन्र्दभमा यस नगरपालिकाका सबै जनप्रतिनिधीले पदवहाली गरे पश्चातको पहिलो बैठक २०७४ साल जेठ २३ गते यस कार्यालयको बैठक कक्षमा बस्यो र सो बैठकले नगरपालिकाले आगामी दिनमा लिनुपर्ने मुख्य मार्ग र तत्काल व्यवस्थापन गर्नुपर्ने कार्यहरुलाई निम्न बमोजिम निर्णय गरी सार्वजनिक गरेका छौं ।
१. नीलकण्ठ नगरपालिकाका सबै घरधुरी र समुदाय सम्म उच्च स्तरको नागरिक सचेतना बढाई सरसफाई प्रति नागरीक सचेतना र सहभागीता बढाउन, यसैगरी नीलकण्ठ नगरपालिका भित्र प्रत्येक वडामा उत्पादकत्व बढाई आत्मनिर्भर बनाउन र स्थानिय उत्पादनलाई प्राथमिकता दिने र नीलकण्ठ नगरपालिका क्षेत्रमा पूर्वाधार निर्माण एवं विकास कार्यलाई दु्रत रुपमा अगाडि बढाउन देहाय बमोजिमका कार्यक्रमहरु अभियानका साथ कार्यान्वयन गरिनेछ ।
द्ध० नीलकण्ठ नगर स्वच्छ, हराभरा र समृद्ध तिर्खा मुक्त स्मार्ट शहर ।
छ० एक वडा एक पहिचान, प्रयोग गरौ हाम्रै उत्पादन ।
ट० नीलकण्ठ नगरपालिका को पूर्वाधार र विकास,
हरेक वडा कार्यालयसम्म सदावहार सडक निकास ।
२. फोहोरमैला व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन, र फोहोरमैला संकलन, ढुवानी तथा व्यवस्थापन सम्बन्धि कामको संचालन र व्यवस्थापन गर्ने गराउने कार्य साविकको स्थानिय स्वायत्त शासन ऐन २०५५ को ९६ (१) ग मा उल्लेख भएकोले फोहोरमैला व्यवस्थापनको कार्य नगरपालिकाको दायित्व भित्र रहेको ।
चा.लु. आ.व. २०७३÷७४ मा यस कार्यालयबाट फोहार व्यवस्थापन गर्न २०७३/०७/२४ मा टेण्डर आव्हान भएकोमा २०,०५,००० (अक्षेरुपी बीस लाख पाँच हजार मात्र ) रकम कबोल गरि तृष्णा कन्स्ट्रक्सन कन्र्सनबाट टेण्डर दाखिला भएकोमा टेण्डर स्वीकृत भएको जानकारी पत्र बुझाउन मौखिक रुपमा बारम्बार ताकेता गर्दा पनि सम्पर्क गर्न नआएकोले फोहोर व्यवस्थापन गर्ने कार्य जटिल रहेको हुँदा चालु आ.व.मा फोहोर व्यवस्थापनका सन्दर्भमा भए गरेका सम्पूर्ण कार्यहरुको यथार्थ स्थिति अध्ययन गरी ५ दिन भित्र प्रतिवेदन बुझाउन र नीलकण्ठ नगरपालिका वरपर सफा र स्वच्छ राख्न फोहोर मैला व्यवस्थित गर्नको लागि प्रत्येक घरधुरी/कोठा/सटर/होटल समेतबाट के कति फोहोर संकलन हुने गरेको छ वा भएको छ र सो वापत के कति रकम उठ्न सक्ने हो सो समेत पहिचान गरी प्रतिवेदन दिन नगरकार्यपालिका सदस्य श्री चिना श्रेष्ठ संयोजक रहेको तपशिल बमोजिमको समिति गठन गर्नेे र सो समितिले दिएको प्रतिवेदनका आधारमा यस नगरपालिका कार्यपालिका बैठकमा छलफल गरी आवश्यक निर्णय लिइनेछ ।
१. नगरकार्यपालिका सदस्य श्री चिना श्रेष्ठ –संयोजक
२. टोल सुधार महासमिति अध्यक्ष श्री कुमार बहादुर कार्की –सदस्य
३. धादिङवेसी खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको प्रतिनिधी –सदस्य
३. यस नीलकण्ठ नगरपालिकाको मुख्य बजार क्षेत्र वडा नं. ३ र अन्य सम्भावित फोहोर संकलन हुने वडाहरु क्रमशः २,४,८,१२ र आसपासका क्षेत्रहरुबाट उठ्न सक्ने प्रत्येक घर, कोठा, पसल, सटर, होटल, अस्पताल, उद्योग व्यवसाय, अन्य सरकारी तथा गैरसरकारी कार्यालयहरुको फोहोरमैला तथा सेफ्टि ट्यांकी खोलानालामा मिसिएको जनगुनासो आएकोले आगामी आर्थिक वर्षमा व्यवस्थापन (संकलन, ढुनानी, विसर्जन समेत अन्य कार्य) के कसरी गर्नुपर्ने हो सो वापत नगरपालिकाले विगत वर्षहरुमा लगाएका शुल्कका दरहरु समेतको आधारमा असुल गरेको फोहोर संकलन रकम समेतको अध्ययन र विश्लेषण गरी आगामी वर्षका लागि प्रस्ताव बनाई प्रतिवेदन दिन यस क्षेत्रमा कार्यरत कुनै योग्य कन्सल्टेन्सी वा संघ संस्था मार्फत सर्भेक्षण गरी निश्चित समय तोकि सार्वजनिक सूचनाद्धारा त्यस्तो कन्सल्टेन्सी संस्था छनौट गरी कार्यान्वयन गरिनेछ ।
४. नीलकण्ठ नगरपालिकाका वडाहरुमा बसोबास गर्ने व्यक्तिहरुको घरबाट निस्केको फोहोरमैला व्यवस्थापन गरिएको डम्पिङ साइड नीलकण्ठ नगरपालिका वडा नं. ८ च्याडु भन्ने स्थानमा रहेकोमा सो डम्पिङ साइडमा फोहोर भरिन लागेको सो स्थान नजिकै मलेखु धादिङवेसी सडक परेकोले सो सडकबाट यात्रा गर्ने यात्रुहरुले र आसपासका बासिन्दाहरुले दुर्गन्ध फैलिएको र त्यहाँको फोहोर सडीगली निकास हुने फोहोर पानी थोपल र च्याडु खोलालाई दुर्गन्धित पारेका भनी गुनासो आएकोले आगामी दिनमा यसको व्यवस्थापनको लागि वैकल्पिक डम्पिङ साइड खोजी गरि उपयुक्त स्थान पत्ता लगाई प्रतिवदेन पेश गर्न तपशिल बमोजिमको समिति गठन गरियो ।
तपशिल
१. नगर कार्यपालिका सदस्य श्री राजन बराईली – संयोजक
२. नगर कार्यपालिका (वडा अध्यक्ष–२) श्री ध्वज बहादुर गुरुङ – सदस्य
३. नगर कार्यपालिका (वडा अध्यक्ष–१२) श्री बाबुराम लम्साल – सदस्य
४. नगर कार्यपालिका सदस्य श्री गण्डकी खतिवडा नेपाल – सदस्य
५. नगर कार्यपालिका सदस्य श्री कमला श्रेष्ठ – सदस्य
५. यस नीलकण्ठ नगरपालिका बजार क्षेत्रमा बनेका ढलहरुबाट सिधै आसपासका खोला नदीनालामा ढल मिसिई नदीहरुमा फोहोर बढेको र सौदन्र्यतामा ह्रास आएको हुदाँ बजार क्षेत्रको ढललाई उचित किसिमको प्रविधिको अवलम्बलन गरी व्यवस्थापन गर्न यस जिल्लाको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धादिङ मार्फत खानेपानी ढल निकास विभाग पानीपोखरी काठमाडौलाई अनुरोध गरिएको छ ।
६. यस कार्यालयलाई चालु आर्थिक वर्षको कार्यक्रममा समावेश भई योजना संचालन गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट योजना स्वीकृत भई आएकोमा अन्य योजनाहरुको टेन्डर भई सकेको र धादिङवेसी सडकपेटी पिच सडक तर्फ ५० लाख विनियोजित भएकोमा हालको अवस्थामा सो योजना कार्यन्वयन गर्न लागत सहभागिताको रकम उठ्न नसकि समस्या आउन सक्ने देखिएकोले नगरपालिकाको खानेपानी समस्या समाधान गर्न खानेपानीको ५ लाख लिटर पानी अटाउने क्षमता भएको ट्यांकी निर्माण गर्न आवश्यक देखिएको र सो कार्यको लागि धादिङवेसी खानेपानी तथा सरसफाई मूल उपभोक्ता समिति धादिङ र खानेपानी तथा सरपसफाई डिभिजन कार्यालय, धादिङ समेत साझेदारी गर्न सक्ने हुँदा धादिङवेसी डाँडाँ गाउँ खानेपानी ट्यांकी निर्माण योजना स्वीकृत गरिदिन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा अनुरोध गरी योजना स्वीकृत भई आएपछि कार्यान्वयन हुनेछ ।
७. संघीय पुर्नसंरचना पश्चात गठन भएका स्थनीय तहमा साविकमा अन्य निकायहरुले गर्दै आएका कार्य जिम्मेवारी भौतिक श्रोत साधन एवं संरचना र वित्तिय हस्तान्तरण समेत हुने भएको हुँदा हालको संस्थागत क्षमताले तोकेका कार्य जिम्मेवारी पुरा गर्न र जनताका अपेक्षाहरुलाई सम्बोधन गर्न कठिनाई हुने हुदा योजना व्यवस्थापन, जनशक्तिको क्षमता विकास, संस्थागत सुदृधीकरण, सुचना व्यवस्थापन कम्प्युटर प्रणालीमा आधाररित कार्य प्रणालीलाई अझ बढी प्रभावकारी बनाई संस्थागत क्षमता विकास (Capacity Development) गर्न र यस नगरपालिका क्षेत्रको समग्र विकासको खाका गुरुयोजना (Master Plan) बनाई सहयोग गरिदिनुहुन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय मार्फत न्क्ष्श् लाई अनुरोध गरिएको छ ।
८. २०७२ बैशाख १२ र २९ गते गएको विनाशकारी भुकम्पले यस नीलकण्ठ नगरपालिका भित्रका कैयौ घरहरु पूर्ण क्षतिग्रस्त भएको र नेपाल सरकारले नीजि आवास तथा मानव वस्ती पुनः स्थापना तथा पुननिर्माणार्थ पूर्ण रुपमा क्षति ग्रस्त घर परिवारको लागि निजी घर निर्माण गर्न विभिन्न चरणमा गरी रु तीन लाख अनुदान दिने कार्यक्रम कार्यन्वयन भए अनुसार पूर्ण क्षतिग्रस्त घरको लगत संकलन भई भुकम्प प्रतिरोधी आवास पुनः निर्माणका लगि घरधनी सँग संझौता गरी पहिलो किस्ता रु ५०,०००।– भुक्तानी भई सकेकोमा मापदण्ड बमोजिम लाभग्राहीहरुले कार्य सम्पन्नगर्न नसकिरहेको अवस्थामा यस नगरपालिका अन्तरगतका निर्माणाधिन घरको लागि थप दोस्रो किस्ता वापत पाउने रकम रु १,५०,०००।– विविध प्रकारका प्राविधिक एवं व्यवहारिक समस्याका कारण भुक्तानी हुन ढिलाई भई यथाशिघ्र आवास निर्माण एवं वस्ती पुनस्थापना हुन नसकेकोले नेपाल सरकारको योजना अनुरुप उक्त कार्यक्रम सफल पार्न र सवै लाभग्राहिलाई संझौता बमोजिम कार्य सम्पन्न गरि आवास अनुदान राहत रकम भुक्तानी दिई पुनः निर्माण कार्यलाइ प्रभावकारी बनाउन आवश्यक देखिएकोले उक्त कामको लागि खटिई आएका प्राविधिक कर्मचारीहरुले जननिर्वाचित प्रतिनिधीहरुको प्रत्यक्ष रोहवरमा सम्बन्धीत वडा कार्यालयमा रहि तोकिएको मापदण्ड र कार्यविधी अनुरुप कार्य गरी भुकम्प प्रभावित लाभग्राहीहरुलाई आवश्यक समन्वय, सहयोग, सहजीकरण र प्रोत्साहित गर्न प्राविधिक कर्मचारीहरु एवं जनप्रतिनिधीहरुले आवश्यक पहल गरि यस नगरपालिकालाई आगामी आर्थिक वर्ष भित्र यथासम्भव पुर्ननिर्माण कार्य सम्पन्न गरी नमूना नगरपालिका बनाइनेछ ।