किशोर अधिकारी
धादिङ जेष्ठ १९ । धादिङको गजुरी गाउँपालिका वडा नं. २ छेवाङमा विद्युत ट्रान्समिटर माग गर्दै विद्युत प्राधिकरणको कार्यालयमा तालाबन्धी गरिएको छ ।
छेबाङमा रहेको विद्युतप्राधिकरणमो ट्रान्सफर्मर चट्याङका कारण जलेपछि १५ दिन देखि छेवाङबासी विद्युतबाट बन्चित भएका छन् , उनीहरुले तत्काल ट्रान्सफर्मरको माग गर्दै प्राधिकरणको अफिसमा शुक्रबार दिउँसो तालाबन्दी गरेका हुन् ।
१५ दिन अगाडी जलेको ट्रान्सफर्मरको विकल्प खोजिएन पटकपटक प्राधिकरणमा गुनासो गर्दा समेत वास्ता नगरेपछि तालाबन्धीको बाटो रोज्नुपरेको स्थानियहरुले बताए ।