धादिङका संचारकर्मीहरुको तातो माथि पिरोको छायाँकन सुरु

Avatar photo
Dhadingpost
शनिबार, बैशाख २३, २०७४

धादिङबेसी बैशाख धादि२३ । धादिङ जिल्लाका विभिन्न मिडियामा कामगर्ने सन्चार कर्मीहरु मिलेर नयाँ हास्य टेलिशृंखला तातो माथि पिरो निर्माण गर्ने भएका छन् ।

उक्त हास्य टेलिशृंखलाको छायांकन शनिवारबाट सुरुगरिएको संचार कर्मी धर्मेन्द्र श्रेष्ठले बताउनु भयो ।

संचार कर्मी सन्तोष राज श्रेष्ठ निर्देशन रहने उक्त टेलिफिल्म तातो माथि पिरोको कथा लेखन धर्मेन्द्र श्रेष्ठको हुने बताइएको छ ।

प्रभात भट्टले छायांकन गर्ने तातो माथि पिरो हास्य टेलीशृंखलामा संचारकर्मीहरु धर्मेन्द्र श्रेष्ठ, रभी भट्टराई, सिताराम परियार सरगम, उमेश गिरि, गीता अधिकारी, कभी मगर, ओम लामा लगायतका कलाकारको अभिनय रहने बताईएकोछ ।