भव्य समारोहका बीच एड्भान्स एकेडेमीले मनायो बाह्रौँ वार्षिकोत्सव

Avatar photo
Dhadingpost
सोमवार, बैशाख १८, २०७४

धादिङबेसी बैशाख १८ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीले बिद्यालयको बाह्रौँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा मनाएको छ ।

विद्यालय प्राङ्गणमा भएको भव्य समारोहका बीच एड्भान्स एकेडेमीले आफ्नो बाह्रौँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरि मनाएको हो ।

जिल्ला शिक्षा कार्यालय धादिङका निमिक्त जिल्ला शिक्षा अधिकारी कृष्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिकोत्रमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

सैद्धान्तिक भन्दा ब्यावहारिक सिकाईमा जोड दिदैँ आएको दावी गर्ने नीलकण्ठ नगरपालिका ३ स्थित धादिङबेशीमा रहेको यस विद्यालयले जिल्ला स्तरिय होस् या बोर्ड परिक्षामा उत्कृष्ठ नतिजा निकालि रहेको छ ।

वार्षिक उत्सव कार्यक्रमको अवसरमा यस विद्यलयमा विगत ५ वर्ष देखि अध्यपन गराउँदै आउनु भएका शिक्षक लोकनाथ रिजाललाई बिद्यालयले सम्मानित गरेको थियो । त्यसैगरी धादिङ जिल्लाबाट प्रकाशन भैरहेको धादिङपोष्ट डटकम अनलाईनले शैक्षिक गतिविधि तथा शैक्षिक क्रियाकलालाई समाचार मार्फत समेट्ने गरेको भन्दै धादिङपोष्टका प्रधान सम्पादक नारायण सिलवाललाई समेत सम्मान गरेको थियो ।

निमित्त जिल्ला शिक्षा अधिकारी कृष्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा, नेपाल रेडक्रस सोसाईटीका सभापति सिताराम कोईराला, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ, विद्यालयका प्रिन्सिपल तथा प्याब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकीको बिषेश आतिथ्यता रहेको थियो भने बिद्यालयका कार्यकारी निर्देशक विष्णुप्रसाद कोईराला, स्वास्थ्यकर्मी कृष्णलाल श्रेष्ठ, गणेश हिमाल क्याम्पस प्रमुख ईश्वरी प्रसाद पाण्डे, शान्तविक्रम बानियाँ लगायतको आतिथ्यता रहेको थियो ।