माओवादी केन्द्र धादिङले उम्मेदवार ठोस गर्यो

Avatar photo
Dhadingpost
शनिबार, बैशाख १६, २०७४

धादिङ बैशाख १६ । नेकपा माओवादी केन्द्र धादिङले आसन्न स्थानीय निर्वाचनको लागि उम्मेदवारहरु छानेको छ ।

नेपाली काँग्रेस सँग तालमेल नहुने भएपछि माओवादी केन्द्रले आज धादिङका सबै नगर गाउँपालिकामा उम्मेदवारहरु छानेको हो ।

धादिङका १३ वटा स्थानिय तहमा मध्य जिल्ला सचिव दलबहादुर बुर्लाकोटीले त्रिपुरा सुन्दरीको टिकट पाए सँगै बुर्लाकोटीले नेपाली काँग्रेका नेता बासु तिमल्सिना र नेकपा एमालेका शम्भु थापा सँग गाउँपालिका प्रमुखको लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

यस्तै जिल्ला सह सचिव मनराज भण्डारीले नीलकण्ठ नगरपालिकाको टिकट पाएका छन् भने धुनिबेसी नगरपालिकामा दिपक लामिछानेलाई उठाउने केन्द्रले निर्णय गरेको छ ।

यस्तै पर्यटकीय क्षेत्रको रुपमा हेरिने गरेको रुबीभ्यालीमा रामसिंह तामाङ, खनियाबासमा सेकेमान तामाङ गंगजामुनामा नवराज अधिकारी र नेत्रावतीमा ठाकुर गुरुङले गाउँपालिका प्रमुखको उम्मेदवारीका लागि टिकट पाएका छन् ।

त्यसैगरि सिद्धलेकमा पुष्प थपलिया, बेनिघाट रोराङमा हरि डल्लाकोटी, गजुरीमा गणेशलाल श्रेष्ठ, गल्छीमा विक्रम तामाङ र था्ँक्रेमा जिन्दगी थापालाई गाउँपालिका प्रमुखको उम्मेदवारी बनाउने निर्णय माओवादी केन्द्रले गरेको छ ।