क्यान्सर पिडित भन्छिन् , छोरा छोरी पढाउन सहयोग गरिदिनुहोस्

Avatar photo
Dhadingpost
आइतवार, बैशाख ३, २०७४

धादिङ बैशाख ३ । धादिङबेसीस्थित नीलकण्ठ नगरपालिका बिर्ता बेसीकी बिन्द्रा श्रेष्ठको दैनिकीको कुरा सुन्दा जोकोहीको पनि आँसुझर्छ ।
उनी क्यान्सर रोगी हुन्, उनको ठुलाी छोरी पनि १६ वर्षको उमेरमा क्यान्सर कै कारण ज्यान गयो । अहिले उनको साथमा ८ वर्षको १ छोरा र १५ वर्षकी छोरी छिन् । माईतमा बसिरहेकी बिन्दालाई आफ्नो रोगको भन्दा नी चिन्ता छोरा छोरी पढाउन परेको छ ।

यहि चिन्ता बोकेर बिन्दा धादिङपोष्टको कार्यालयमा आइन् आफुनो दुःखेसो पोख्दै लौन सहयोगी दाता कोहि छन् की ? मेरो दुःखेसो लेखिदिनुस् न ? रोगलागे पछि आशा गरेको साहाराले धोका दिएपछि आँखा कहिलै नओभाएको सुनाउँदै अहिले सम्म त माइतिको सहरामा नानी बाबुलाई पढाए, माइती पनि न्यून स्रोत भएकोले अफ्ठ्यरोमा परिरहेको बुझेको छु । यस अघि छोरा छोरी दुबै नीलकण्ठमा पढ्थे निःशुल्क गरिदिनुस् भन्न कयौ चोटी गएँ, तर दुःखपाको मान्छेको आवाज सुनिएन, छोरा छोरीको भर्ना गर्ने बेला आयो अब के गर्ने अहभरि आँसु झार्दै आफ्नो भावना हामी सँग पोख्नु भयो ।

छोरीलाई क्यान्सर, त्यसपछि आफुलाई क्यान्सर भएपछिका सासुले आफ्नो नाममा भएको केहि जग्गा मेरो नाम गर्दे पछि त्यो बेचेर आफु र छोरीको उपचार गरे, बल छँदा आँट र साहस हुने रहेछ अहिले पूर्ण अस्वस्थ भए, साहास र आँट सबै हरायो । मेरो आँट र सक्रियताले छोरीको उपचार भयो ६ वर्ष बढी बाँची म ज्यूँदो लास जस्तो अहिले पनि बाँची रहेको छु ।

माइतीको गरिबी, अब मेरो नानी बाबुको पढाई अगाडी नबढ्ने भो, यो कुराले उनको दुखेसो टिप्दै गरेका कलम धर्मराए हाम्रो आखाँ पनि रसाए तर हामीमा पनि समाचार लेख्ने बाहेक केहि गर्ने सहास थिएन ।

०५१ सालमा विहे गरिकी विन्दा अहिले ४० वर्षकी भइन् ३ सन्तान पाएपछि स्थन क्यान्सर भयो देब्रे स्थन काटेर फ्याकेपछि फुडसब्लीमेन्ट्री र औषधीको भरमा बाँची रहेकी छिन् । उनको चिन्ता अहिले आफू औषधी खान भन्दा ३ कक्षा पास छोरा र ९ कक्षा पास छोरीलाई कसरी पढाउने भन्ने छ ।  बीन्दालाई र यी नानीबाबुलाई पढ्न सहयोग गर्न सक्यौ भने उनको त्यो रोगी शरीर केहि दिन बढी बाँच्न सक्छ, साथै बाबु नानीहरुले सदा सम्झी रहने छन् ।