धादिङ चैत्र २४ । धादिङ त्रिपुरेश्रका ध्रुव विक्रम मल्लले दास्रो पटक पनि नेपाल सरकारले प्रदान गरेको नगद सम्मान लिएनन् ।
नेपाल सरकार मन्त्रि परिषदको निर्णयबाट प्रदान गरेको नगद अल्ट्रा धाविका मिरा राईलाई ३० लाख र मिरालाई यो स्थान सम्म पुराए बापत कदर स्वरुप बालाजु कराते एकेडेमीका सस्थापक धुर्ब बिक्रम मल्ललाई ३ लाख रूपैयाले सम्मान गर्ने निर्णय गरेको थियो । तर मल्लले राष्ट्रले खोजेको पदक हो । मैले प्राइभेट क्षेत्रबाट गरेको यो योगदानले देशव्यपी खुसी छाएको छ । आफ्नो लागि त्यो महात्वपूर्ण रहेको भन्दै उक्त नगद नलिएका हुन् ।
यस अघि विमला तामाङलाई पुरस्कृत गर्दा पनि सरकारले मल्लाई समेत नगद प्रदान गर्ने निर्णय गरेको थियो त्यो बेला पनि सम्मान स्वरुप पाएको रकम लिएका थिएनन् ।
खेलकुदको नीति नियम र बिधिमा राज्यको ढुकुटीबाट करोडौ पैसा खर्च मात्रै गर्नु ठुलो होइन भन्ने प्रमाणित राज्यको सय रूपैया पनि लगानी नभएको कराते खेलाड़ी बिमला तमांग र विश्व चर्चित खेलाड़ी मिरा राईबाट प्रमाणित गरेको छु र २०१७ मा पनि अर्को नयाँ अनुहारबाट देशलाई अन्तराष्ट्रिय भूमिमा इतिहासिक सम्मान जनक स्वर्ण पदक दिलाउने मेरो लक्ष्य भएको हुँदा ३ लाख पैसा नलिने मन्त्रि ज्युलाइ जानकारी गराई सकेको मल्लले धादिङपोष्टलाई बताउनु भयो ।