धादिङमा पहिलो बन्यो काँग्रेस उम्मेदवार छान्नेमा

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र २४, २०७३

धादिङ चैत्र २४ । नेपाली काँग्रेस धादिङ उम्मेदवार छान्ने पहिलो पार्टी बनेको छ ।

नेपाली काँग्रेस त्रिपुरासुन्दरी गाउँपालिकाबाट पार्टीका स्थापित शालिन नेता बासु तिमल्सिेनालाई गाउँ पालिकाको उम्मेदवार बनाउने निर्णय गर्दै पहिलो पार्टी बनेको हो ।

अहिले सम्म जिल्लामा कुनै पनि दलले उम्मेदवार छान्न सकेका छैनन्, नेतै नेताको गाउँपालिकाको रुपमा चिनिने त्रिपुरा सुन्दरी गाउँपालिमा विहिबार बसेको काँग्रेसको बैठकले तिमल्सिनालाई गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनाउने सर्वसहमत निर्णय गरेको छ ।

यस अघि फणिकान्त छत्कुली, जिल्ला सचिव हरि रामबुर्लाकोटी, नवराज तिमल्सिनाले आफू अध्यक्षको दावेदार रहेको बताउँदै आएका थिए तर आज भएको काँग्रेसको उम्मेदवार छनौट बैठकमा अन्य आकाँक्षीले वासु तिमल्सिनालाई सघाउने बताए पछि उनी सर्वसहमत गाउँपालिका उम्मेदवार बनेका हुन् ।

को हुन् वासु तिमल्सिना
१. वासु तिमल्सिना नेपाली कांग्रेस धादिङको जिल्ला नेतृत्वमा रहेर लामो समय देखी राजनीति गर्दै आउनु भएका बौद्धिक र शालिन व्यक्तित्व भनेर जिल्ला देखि केन्द्रसम्म चिनिन्छन् ।

विद्यार्थी जिवनदेखी नेपाली कांग्रेस प्रति आस्थावान रहदैं नेपाल विद्यार्थी संघको राजनीतिबाट आफ्नो राजनीति शुरूवात गरेका तिमल्सिना स्वतन्त्र विद्यार्थी युनियनको सभापति देखि नेपाली कांग्रेस धादिङको पटक पटकको महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य तथ पार्टीको जिल्ला सचिव भएर काम गरिसकेका छन् ।

२०४९ र २०५४ को स्थानीय निकायको निर्वाचनमा जनप्रतिनिधि बनी तत्कालिन समयमा जिविस सदस्य सम्म बनेका तिमल्सिनाको कार्यसम्पादनमा राम्रो अनुभव रहेको बताइन्छ ।

राजनीतिक पृष्ठभुमी
१. राजनीतिक यात्राको सुरूवात नेपाल विद्यार्थी संघबाट २०३४ साल
२. स्वतन्त्र विद्यार्थी युनियन सभापति वाल्मीकि क्याम्पस २०४३
३. जनआन्दोलन २०४६ मा उपत्यकामा जनआन्दोलन परिचालन समितिमा बसेर काम गरेको
४. नेपाली कांग्रेसको आठौं अधिवेशन २०४८ देखी तेर्हौं अधिवेशन २०७२ सम्म महाधिवेशन प्रतिनिधि/ महासमिति सदस्य
५. जिल्ला विकास समितिमा २०४९ र २०५४ मा निर्वाचित सदस्य
६. नेपाली कांग्रेस जिल्ला समिति सदस्य २०५२ र जिल्ला सचिव २०५९-२०६२