नयाँ शक्तिका अध्यक्ष सहित सय भन्दा बढी माओवादी केन्द्रमा प्रवेस

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र २२, २०७३

धादिङ सेमजोङ । नयाँ शक्ति नेपाल पार्टी धादिङ जिल्ला परिषद सदस्य तथा साविकको मार्पाक गाविसका अध्यक्ष माओवादी केन्द्रमा प्रवेस गरेका छन् ।

नेकपा माओवादी केन्द्र नेत्रवती गाउँपालिकाको प्रथम सम्मेलन उद्घाटनका क्रममा नयाँ/ l शक्तिका जिल्ला नेता सुक बहादुर तामाङ माओवादी केन्द्रमा प्रवेस गरेका हुन् । यस्तै २५ वर्षदेखि एमाले पार्टीमा सक्रिय रुपमा राजनिति गर्दै आएका देविप्रसाद जमकट्टेको नेतृत्वमा कटुञ्जे बाहुन गाउँ, बानचौर गुरुङ गाउँ, धमला गाउँ, बाट ७० जना भन्दा बढी कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका थिए ।

त्यस्तै कटुञ्जे सेल्ले, हजारे, बेतिनीेबाट नेपाली काँग्रेसका कार्यकर्ताहरु ५० जना भन्दा बढी प्रवेस गरेका थिए प्रवेसीहरुलाई माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य पुष्पविक्रम मल्ल र जिल्ला अध्यक्ष शालिकराम जमकट्टेलले अबिर लगाएर स्वागत गर्नुभएको थियो ।

उक्त सम्मेलनले प्रेम तामाङ इन्चार्ज रहने गरि अध्यक्षमा सुन्दर थापा, उपाध्यक्षमा सुक बहादुर तामाङ, सचिवमा राज कुमार श्रेष्ठ, सहसचिवमा ईश्वर अधिकारी, कमल कुमार श्रेष्ठ र कोषाध्यक्षमा सविता तामाङ लगायत ४७ सदस्यीय गाउँपालिका कमिटि गठन गरिएको छ ।

त्यसैगरि राज कुमार अधिकारी इन्चार्ज रहने गरि अध्यक्षमा दिपक तामाङ लगायत २७ सदस्यीय गाँउपालिका स्तरिय वाइ सिएल कमिटि गठन गरिएको छ । उर्मिला तामाङ इन्चार्ज रहने गरि अध्यक्षमा सुक बहादुर तामाङ लगायत २७ सदस्यीय तामाङ राष्ट्रिय मुक्ति मोर्चाको गठन भएको छ । त्यस्तै रण बहादुर विक इन्चार्ज रहने गरि लालबहादुर विक अध्यक्ष लगायत २७ सदस्यीय एकीकृत नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा गठन र चतुरमान तामाङको अध्यक्षतामा २७ सदस्यीय अखिल नेपाल खेलकुद महांसघंको गठन गरेको छ ।

गाँउ पार्टी इन्चार्ज ठाकुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य पुष्प विक्रम मल्लको प्रमुख आतिथ्यता रहेको थियो । यसैगरि माओवादी केन्द्रका जिल्ला अध्यक्ष शालिकराम जमकट्टेल, उपाध्यक्ष राम बहादुर भण्डारीको विशेष आतिथ्यता तथा जिल्ला सचिव धन बहादुर विजय बुर्लाकोटी, अखिल नेपाल शिक्षक सगंठनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष शकंर अधिकारी, रुविभ्याली गाउँपालिका इन्चार्ज रामसिङ तामाङ, जिल्ला सदस्यहरु सेकेमान तामाङ, मिम्ब तामाङ, सुवास अधिकारी दर्पण लगायतको आतिथ्यता रहेको नेत्रवति गाँउपालिका बाट उर्मिला तामाङले जानकारी दिनु भएको छ ।