मान्छे यस धर्तीमा जन्मिदा स्वतन्त्र रुपमा जन्मिएको हुन्छ । जन्मसँगै उसलाई हरेका किसिमको नीति तथा नियमले विस्तारै वाँधिदै लगेको हुन्छ । समयसँगै हर कुरामा समाजले ख्याल गरेको हुन्छ ।
समाजमा आफ्नो पहिचाहन कायम गर्नको लागि मानिस हर सम्भव प्रयास गरेकै हुन्छ । मानिसलाई समाजले जहिले पनि औला उठाएकै हुन्छ चाहे राम्रो काम गर्दा होस् या नराम्रो । फरक यति हो राम्रो काम गर्दा बुढि औला उठाउँछ त नराम्रो काम गर्दा चोर औला ।
सामाजिक बन्धनमा वाँधिएको मानिस कुनै पनि काम गर्दा राम्रो हो या नराम्रो त्यो समाजले छुटयाएको हुन्छ । जिवनमा संघर्ष गर्ने क्रममा कति उतरचढाव आई लाग्छन त्यसमा मुकाविलाप गर्नु पर्छ । संघर्ष र भोगाइमा कहिले पनि छुटकारा हुन्न । त्यो जसरी हुन्छ भोग्नै पर्छ ।
यस्तै संघर्षशीले पहिलो पाईला विक्रम सम्वत २०३५ सालमा धादिङको मुरलीभञ्ज्याङ गाविस हाल नीलकण्ठ नगरपालिका पाख्री खोला भन्ने ठाउँमा पूजनीय माता पिता कृष्णप्रसाद भट्ट र कृष्णकुमारी भट्टको जेठो छोराको रुपमा जन्म लिएका थिए रामहरि भट्ट । जन्मिदा नै मानिसमा एक किसिमको फरक क्षमता सबैमा हुन्छ त्यसलाई व्यवहारमा उतार्ने नउतार्ने त्यो मान्छेमा भर पर्छ । जस्तो कोहि नाच्न सिपालु, कोहि गाउन र बजाउन । भट्ट पनि सानै उमेर देखि कर्मशिल र इमान्दार थिए ।
गरिव किसानको छोरो हलो र जुवा जोतारो भट्टको लागि कुनै नौलो कुरा होईन । सबै चिजसँग मितेरी लगाउदै आएका थिए । जव समयको क्रमिक व्यतीतसँगै केहि कुरा बुझ्न सक्ने भए भट्टमा छुट्टै जोश जाँगर अनि कर्मठ बन्न थाले । सानै उमेर दखि आमाबुवा र गाउँलेले पाएको दुःखलाई नजिकबाट नियाल्ने मौका पाएका भट्टले आफुले भविष्यमा दुख गरेर भएपनि आमाबुवालाई सुखसयल दिने कसम खाएको थिए । भनिन्छ असिनाले चुटेको मकै र दुःख भोगेको छोरा कहिल्यै बिग्रन्न र निडर हुन्छ । हुने विरुवाको चिल्लो पात जस्तै भट्ट पनि सामाजिक परिवर्तन र सामाजिक उन्मुलनको लागि उच्च विचारको साथ दिन प्रतिदिन कठोर र प्रयत्नशील बन्दै गए ।
हाम्रो समाज रुढिवादी परम्परा र कुसंस्कारले जरा गाडेको भए पनि बनमासको झाङमा पिपल भनेझैँ गाउँका प्रायः युवाहरु शिक्षाको ज्योतिबाट टाढा भएपनि आफूले केहि गर्नुपर्छ भन्ने दृढ संकल्पको साथ बढो दुःखको पहाड फोरी एसएलसीसम्म पास गरे । उनको त्यो लगनशिलता देखेर आमा बावुमा आशाको किरण पैदा भएका थिए । दुःख पीडा, दर्द , अभाव र दवावको बिच जिवन चलाईरहेका आमा बावुमा खुशिको दन्ते लहर खुल्नु पनि एउटा छोराको लागि त्यो भन्दा खुशि र हर्ष अरु हुनै सक्दैन ।
यसरी आईलाग्यो दुःखको पहाड अनि घुम्ती
आमा बावुको त्यो कष्टप्रद जिवन देखेर मलाई घर बस्न मनै लागेन । घरको दायित्व र जिम्मेवारीमा म माथि पनि दिनदिनै बढदै थियो । एक दिन बेलुका मनमा अनेकौ कुरा खेलेर आँखाको परेला जोडन पनि सकिन । आमाले पकाउनु भएको खाना पनि आँशुले तिहुनसँगै मिसाए अनि सँगै मुछेर खाँए । घरको पारिवारीक जीवन पीडा र चरम गरिवीको चक्रव्युहमा फसेको बुज्दै गए अनि घरको धुरी टाल्ने सपना बोकेर सोह्र बर्षको कलिलो उमेरमा आमाबुवाको साथवाट नचाहादा नचाहदै छोडियो जन्मभूमि अनि धादिङ । घरबाट निस्कदा आमाले ऋण गरेर खोजिदिनु भएको ५००रुपैयाँ गोजीमा हालेर कामको खोजिमा पोखरा हानिए ।
वि.सं. २०५२ साल फागुन ५ गते देखि पोखराको लेक साइडमा बुट्टा हान्ने काम सिक्न थाले । काममा आएको बाधा र अवरोधलाई कुनै प्रवाह नगरी दुखबाट सुख मिल्ने झिनो आशाको साथ अगाडी बढीरहे । मेरो थाप्लोमा जिम्मेवारी थियो पहाड नै बोक्नु पर्ने तर मैले हरेश कहिल्यै खाइएन । भाइबहिनीलाई पढाउन र घरमा वर्षौदेखि च्यापिरहेको चरम गरिवीको चपेटाबाट मुक्ति दिलाउन । कति दिन भोकै बसे त कति रात अनिदो बसे त्यो आज भनिसाध्य छैन ।
राती पनि काम गर्नु पर्ने भएकोले पढ्ने वातावरण नै बनेन । अहिले पढ्न नपाएकोमा खिन्न त लाग्छ मैले पढ्न थालेको भए मेरा भाईबहिलेले यो स्तरको शिक्षा प्राप्त गर्ने आधार नै थिएन आफ्नो भाइबहिनीको शिक्षा देखि पनि आफूलाई हर्षले गदगद हुदो रहेछ । आफू भोको बसेर भाइबहिनीलाई पढाउन सकें भाइ डिग्री होल्डर छ, अहिले सँगैका साथीहरु पाख्री खोलमा नै छन् साथीभाइहरु उनको कमाइ देखेर जिब्रो टोक्छन् । यसमा मलाई पनि गर्व लाग्छ ।
गरे के हुन्न
दुःखको पहाड अनि घुम्ती छिचोल्दै आज भट्ट पोखरामा प्रतिष्ठित व्यापारीको रुपमा पोखराभर कहलिएका छन् । नेपालको प्रसिद्ध ठाउँ पोखराको लेकसाइडमा तीन वटा पसल छन् । गरिवको भाग्य पत्थर मुनि भनेझै भट्ट आज सफलताको सोपान चढदै छन् । उनलाई पोखरामा बसेर काम सिक्न ७ महिना लाग्यो ०६० सालसम्म साहुको काम गरे अनि ऋणको भारि बोक्ने मनसाय बनाए, ४० हजार क्रण लगानी गरी पर्यटकहरुलाई लक्षित गरेर फेन्सी व्यवसाय सुरु गरे, व्यवसाय सुरु गर्दा ४० हजार नपुगेर ऋण खोज्दा कसैले नपत्याएको तितो अनुभव आज पनि मानस पटलमा अजर र अमर नै छन । ती क्षण सम्झदा आज भोली पनि भट्टको आँखा ओभानो हुन्न ।
४० हजारबाट सुरुभएको आफ्नो व्यवसायमा भाइहरुले पनि साथ दिए । अहिले संचालनमा आएका ३ वटा पसलहरुबाट खुद्रा सामान मात्र विक्रि हुँदैन काठमाडौ लगायत विभिन्न जिल्ला र विदेशमा सामेत सामानहरु पठउने गर्दछन् ।
आफ्नो कमाइले लेकसाईडमा घर समेत किनि सकेका छन । साथीहरुको साझेदारीमा घरमा नाइस नेपाल टि सर्ट उद्योग समेत संचालनमा ल्याएका छन् । उनको अहिले व्यवसायमा लगानी करोड भन्दा माथि छ । ऋण लिनु परेको छैन ऋण दिन पाउदा आनन्द लाग्छ उनी बताउछन् । संघर्षले मान्छेलाई जहिले पनि आनन्द दिने अनुभव सुनाउछन । अहिले भाइ बुहारीहरु र उनको श्रीमतीले व्यवसायमा सघाइ रहेका छन । ठूलो परिणामको अडर आयो भने बाहिरी कामदार खोज्छु नत्र राति सुतिन्न सिजनमा काम गरेर सानो भइन्छ र ? यहि कामले आफ्नो परिवार यो अवस्थामा आयो भट्ट बताउँ छन् । घरमा पनि आफ्नै नीजी उद्योग संचालन गरेका छन् । अब उद्योगलाई थप विस्तार गर्ने योजनामा छन् । ४० हजारले करोडपति बनेका भट्टले बुवाआमा पोखरा जान नमाने पछि धादिङबेसी स्थित पशुपति मन्दिरसँगै घर बनाएर राखेका छन् ।
अब धादिङबेसीमा पनि प्रिन्ट उद्योग खोली टिसर्ट उद्योगमा लगानी गर्ने र रोजगारी सिर्जना गरिदिने सोचमा छन् । पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने छैन । मेहनत हो इमान्दारीता र संर्घषशील हुनुपर्छ बिदेश गए कमाइने पैसा नेपाल मै कमाउन सकिन्छ । आँट जोश जाँगर सधै निरन्तर रहनुपर्छ । दुःखमा आत्तिने र सुखमा मात्तिने कहिल्यै पनि गर्नु हुन्न । आफ्नो जिवन कस्तो बनाउने त्यो आफ्नै हातमा हुन्छ । जिन्दगी चलाउन सजिलो पनि छ गाह्रो पनि छ । जस्तो गणितीय हिसाव । सुत्र जाने र अभ्यास भए गणित सजिलो । निरन्तर र जोश जाँगर भए जिन्दगी सजिलो अनि रमाईलो । प्रस्तुतीः नारायण सिलवाल