प्रमोद भट्ट
त्रिपुरेश्वर । कृष्ण बहादुर गोतामे त्रिपुरेश्वर २ का स्थाई बासिन्दा हुन् । २ छोरा १ छोरी र श्रीमतीको साथमा बस्दै आएका ४२ वर्षे गोतामेको मुख्य पेशा कृषि नै हो ।
छोरा छोरीको पढाई खर्च, घर खर्च धान्न कृषि मै निर्भर हुनु परेता पनि उत्पादन धेरै नहुदा आफुलाई खान समेत ध्यौ ध्यौ हुने कुरा उनी हामी समक्ष बताउछन् । ११ जना दाजुभाई र दिदि बहीनी भएको कारण शिक्षा दिक्षा लिने अबसर पनि पाईएन । गरिबिको कारण सानैमा रोजगारीको लागि भारत गएको र १६, १७ वर्ष जति भारतीय भुमीमानै दुख गरेर बिताएको तितो यर्थाथ उनी हामी समक्ष प्रस्तुत गर्दछन् ।
भारतीय भुमीमा दिन रात काम गर्दा समेत खासै पैसा कमाउन नसकिएको र भारतमा बसेर कमाएको पैसाले जीवन धान्नमात्रै पुगेको उनको भनाई छ । परिवारबाट टाढा भएर बस्न निकै गाह्रो हुदो रहेछ । आफु १७ वर्षसम्म विदेशी भुमीमा रहदा यो कुराको राम्रै महसुस गरेको बताउदै गर्दा आफुसंग जीवन चलाउने अन्य विकल्प पनि नहुदा भारतमै दुख कष्ट सहेर बस्नु परेको उनको भनाई थियो ।
परिवारले पनि स्वदेशमै केही गर्न अनुरोध गरे पनि आफुसंग कुनै विकल्प थिएन उनी भावुक हुदै हामीलाई आफ्ना जीवन भोगाई सुनाउदै थिए । छुट्टीमा घर आएको थिए गाउँमा मासु पसल चलाउने सोच आयो परिवारसंग सल्लाह गरे सबै खुसी हुदै मासु पसल खोल्ने सल्लाह दिए पछिल्लो समय गाउँमा मासु पसल राम्रैसंग चलाउन सक्ने महसुस गरि मैले टारीबेशीमा ६ बर्ष पहिले सानो मासुपसल खोले कमाई ठिकै थियो परिवार पाल्न सहज भएको थियो । छोरा छोरीको पढाईलाई पनि सहज तरीकाले अगाडि बढाउन सहयोग मिलेको थियो । तर पनि २०७२ सालको भुकम्पले आफ्नो सारा सपना चकनाचुर परेको विगत उनी हामी समक्ष सुनाउदै थिए ।
भुकम्पले मेरो सारा सपना चकनाचुर पा¥यो, भुकम्पमा परि कुखुरा पनि मरे घर पनि भत्कियो । भुकम्पले मेरो छोरा छोरीको भविष्य समेत अनिश्चित बन्यो उनी केही भावुक देखिन्थ्ये । आम्दानीको कुनै श्रोत नभएको भन्दै फेरी परिवार पाल्नकै लागि विदेशिनु पर्छकी भन्ने सोच उनमा नआएको पनि होईन तर परिवारले त्यही व्यावसाय पुन गर्न अनुरोध गरिरहेका थिए । आफुसंग पैसा थिएन गाउमा ऋण खोज्न गयो विदेश जाने भए पैसा पाईन्छ स्वदेशमै केही गर्छू भन्दा कसैले ऋण नदिने तितो यथार्थ उनी हामी समक्ष बताउथे । एक्सन नेपाल र अक्सफामको साझेदारीमा संचालित नेपाल भुकम्प प्रतिकार्य परियोजना त्रिपुरेश्वरमा पनि लागु भएको कुरा थाहा थियो ।
लघु उद्ययमी विकासको लागि जिविकोपार्जनमा सुधार गर्ने कार्यक्रममा म पनि छनोट भए । त्यस कार्यक्रममा छनोट भए पछि मैले व्यावसाय कसरी गर्नु पर्छ भन्ने ३ दिनको व्यावसायिक योजना निमार्ण संबन्धि तालिम समेत प्राप्त गरे त्यस तालिमबाट प्राप्त ज्ञान शिपलाई उपभोग गर्दै संस्थाको तर्फबाट प्रदान गरिएको ४० हजारमा २० हजार थपेर ६० हजारको लगानीमा फेरी मासु पसल व्यावसायनै सुरु गरे, व्यावसाय राम्रोसंग संचालन भई रहेको छ ।
दैनिक ३० केजीसम्म मासु बेच्ने गरेको अनुभब उनी हामीलाई सुनाउछन् । अहिले दैनिक १ हजार सम्म कमाएको छु । दैनिक २ सय बचत समेत गर्न थालेको छु । मेरो यो व्यावसाय पुन स्थापना गर्न सहयोग गर्ने अक्सफाम र एक्सन नेपाललाई धेरै धेरै धन्यवाद जसले मेरो खुसीलाई फेरी फकार्यो । मेरो छोरा छोरीलाई राम्रो शिक्षादिक्षा दिन सक्छु भन्ने आत्मबल बढेको छ ।
एउटा सफल व्यावसायि बन्ने मेरो योजना रहेको छ । वास्तवमा व्यावसाय गर्दा जति राम्रो गर्न सक्यो त्यति राम्रो कमाई हुने र आफ्नो दुख अनुसारको सन्तुष्टि पनि यसैमा रहेको र विदेशको दुख आफुले भोगेकाले यहि केही गर्न युवाहरुलाई उनी अनुरोध समेत गर्दछन् ।