केशब सिंखडा,
धादिङ सुनौला बजार फागुन २ । नीलकण्ठ नगरपालिका पर्ने सुनौलाबजारमा जिल्ला स्तरीय भलिबल प्रतियोगित सुरु भएको छ ।
सुनिल कुमार श्रेष्ठ स्मृति कप नाम दिएको उक्त जिल्ला स्तरीय भलिबल प्रतियोगिताको आयोजना लालिगुरास युवा क्लब सुनौलाबजारले आयोजना गरेको हो ।
२०६७ साल जेठ १ गते गजुरीमा बस दुर्घटना ज्यान गुमाएका सुनौला बजार निवासी सुनिल कुमार श्रेष्ठको स्मृतिमा भलिबल प्रतियोगिता संचालन गरिएको मृतक सुनिलका बुबा डिल बहादुर श्रेष्ठले बताउनु भयो ।
कस्तो छ पुरस्कार
प्रथम पुरस्कार २० हजार
दोस्रो पुरस्कार १५ हजार
तेस्रो पुरस्कार १० हजार
कप मेडल र प्रमाणपत्र
आफुले भरतपुरमा नारायणी फर्निचर चलाएर बसेको र केहि आम्दानी भएको रकम खेलाडी प्रत्सोहानको लागि खर्च गर्ने मनासायले खेल आयोजना गरिएको डिल बहादुर श्रेष्ठले धादिङपोष्टलाई बताउनु भयो । प्रतियोगिता फागुन ४ गते सम्म चल्ले छ ।