धादिङ माघ २७ । जिल्ला स्तरीय छैटौं राष्ट्रिपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता गजुरीमा सुरु भएको छ ।
जिल्ला खेलकुद विकास समितिको संयोजन र गजुरी आदर्श उमावि गजुरीमा आज देखि धादिङ जिल्ला स्तरीय छैटौं राष्ट्रिपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको हो ।
यस अघि धादिङका ३ वटै निर्वाचन क्षेत्रमा भएको विद्यालय स्तरिय क्षेत्रिय प्रतियोगितामा प्रथम द्वितिय र तृतिय भइ छनौट गरिएका खेलाडीहरु यस जिल्ला स्तरीय प्रतियोगितामा सहभागि गराईएको छ ।
आज भएको विभिन्न खेल मध्य अंकको आधारमा सबै भन्दा बढी अंक दिईने खेल भलिबलका ५ वटा नकआउट खेलहरु सम्पन्न भएका छन् ।
आजको खेल ५ खेल
१. कार्यक्रम उद्घाटन पछि सुरु भएको पहिलो खेल धादिङ क्षेत्र नं। २ बाट छनौट भएका सलाङ गाविसका २ टिम अकलादेवि मावि र कालीदेवि मावि बीच भएको थियो । जसमा अकलादेविले कालीदेविलाई हरायो ।
२. दोस्रो धादिङ क्षेत्र नं। ३ बाट छनौट भएको जनकल्याण मावि र धादिङ क्षेत्र नं।१ बाट छनौट भएको च्याम्रादेवि मावि सेर्तुङ बीच भएको थियो । यस खेलमा च्याम्रादेवि माविले जनकल्याण माविलाई हरायो ।
३. तेस्रो, निर्वाचन क्षेत्र नं ३ को क्षेत्रिय खेलमा भलिवलमा प्रथम भएको वागेश्वरी वैरेनी र क्षेत्र नं १ को क्षेत्रिय खेलमा द्वितिय भएको तामाङ खर्क उमावि गुम्दी बीच भएको थियो । यस खेल तामाङ खर्क उमावि गुम्दीले जित्यो ।
४. चौथो, निर्वाचन क्षेत्र नं १ को क्षेत्रिय खेलमा भलिवलमा प्रथम नलाङको सिद्धेश्वर मावि र निर्वाचन क्षेत्र नं ३ को क्षेत्रिय खेलमा भलिवलमा द्वितिय भएको आदर्श मावि गजुरी बीच भएको थियो । यस खेल सिद्धेश्वर मावि नलाङले जितेको छ ।
५. पाँचौ, आज देखि नै सुरु भएको सेमि फाईनल खेलमा लक्की ड्रमा बाई पाएको निर्वाचन क्षेत्र नं १ को क्षेत्रिय खेलमा भलिवलमा प्रथम बच्छलादेवि मावि सत्यदेवी र आजैको खेलमा कालीदेवीलाई पराजित गर्ने अकलादेवि बीच भएको थियो । यस खेल बच्छलादेवि मावि सत्यदेवीले जितेको छ ।
नक आउट प्रणालीमा खेलाईएको भलिबल खेल समग्रमा धादिङ क्षेत्र नं। ३ अन्तर गत क्षेत्रिय खेल मार्फत छनौट भई आएका ३ वटै प्रतियोगि विद्यालय नकआउट भएका छन् । भने निर्वाचन क्षेत्र नं २ को क्षेत्रिय खेलमा भलिवलमा द्वितिय भई आएको अक्कलादेवि सलाङ खेलबाट बाहिरिएको छ ।
निर्वाचन क्षेत्र नं २ को २ टिम र निर्वाचन क्षेत्र नं १ को ३ टिम बीच बाँकी सेमिफाईनल खेलहरु शुक्रबार हुने छन् ।